१ पुस २०८२, मंगलबार | December 16, 2025

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा खारेज



काठमाडौं । सरकारले एशियाकै सबैभन्दा भ्रष्ट सरकार भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै जारी गरेको प्रतिवेदनलाई खारेज गरेको छ ।

नियमित पत्रबार सम्मेलनमा सरकारका प्रवक्ता संचारमन्त्री पार्वत गुरुङले ट्रान्सपरेन्सी आधाहीन, तथ्यनहीन, खोज अनुसन्धान नगरी आएको भन्दै त्यसलाई सरकारले खारेज गरेको जनाएका हुन् ।

मन्त्री गुरुङले सो प्रतिवेदन सत्तारुढ दललाई बदनाम गराउने मनोगत उद्देश्यले आएको दाबी गरे ।

जम्मा एक हजार मान्छेसँग फोनमा गरिएको सर्वेक्षणका आधारमा नेपालमा भ्रष्टाचार बढेको आरोप लगाइएको भन्दै गुरुङले ३ करोड जनसंख्या भएको मुलुकमा १ हजार स्याम्पर हुन नसक्ने जिकिर गरे ।

उनले विश्व सूचकांकमा नेपालको प्रगति भैरहेको बताउँदै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका रहेका व्यक्तिहरू राजनीतिक रहेको टिप्पणी गरे ।

सरकार विरुद्ध मिसनको रुपमा प्रतिवेदन तयार पारिएको जिकिर गर्दै उनले राजनीतिक पूर्वाग्रहबाट तयार पारिएको प्रतिवेदनलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

उनले भने, ‘ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका प्रमुख चिनिएको राजनीतिक व्यक्ति हुन् । त्यसैले यो प्रतिवेदनलाई खारेज गरिएको हो ।’

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ५ : २४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज