४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाली सेनामा जागिर खान नक्कली परिक्षार्थीको प्रयोग



कन्चनपुर । कन्चनपुरमा लिईएको नेपाली सेनाको सैन्य दर्जाको लिखीत परिक्षामा नक्कली परिक्षार्थी फेला परेको छ । सैन्य दर्जाका लागि सञ्चालित परिक्षामा सैन्य दर्जामा आवेदन दिएका भन्दा फरक ब्यक्तिले परिक्षा दिईरहेको फेला परेपछि आवेदक र नक्कली परिक्षार्थी दुबैलाई पक्राउ गरिएको कन्चनपुर प्रहरीले जनाएको छ ।

नेपाल आर्मीको सैन्य दर्जाको लिखीत परीक्षामा भिमदत्त नगरपालिका-४ कञ्चन बिद्या मन्दिर परीक्षा केन्द्रमा वास्तबिक परिक्षार्थी जिल्ला बझाङ् दुर्गाथलि गाउाँपालिका वडा नं. ४ का मुकेश भण्डारीको सट्टामा परीक्षा दिईरहेका नक्कली परिक्षार्थी डोटी सायल गाउँपालिका-६ का सुमन खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

दुबै जनालाई पक्राउ गरी कानुन बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ९ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको