२ जेष्ठ २०८२, शुक्रबार | May 16, 2025

स्वास्थ्य क्षेत्रमा ‘अभुतपूर्व फड्को’ : आज एकैदिन ७ प्रदेशमा ३९६ आधारभूत अस्पताल शिलन्यास हुँदै



काठमाडौं । सरकारले दाबी गरेअनुसार यदि काम हुने हो भने नेपालको स्वास्थ्य क्षेत्रमा आजको दिन ऐतिहासिक दिन बन्नेछ ।

सरकारले आज सोमबार सातै प्रदेशका स्थानीय तहमा तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलन्यास गर्दैछ ।

ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित बनाउन लागिएको अस्पताल दुई वर्षमा पुरा गर्ने लक्ष्य सरकारको रहेको छ । ५, १० र १५ शैयाका अस्पताल बनेपछि देशभरका जनताले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुनेछ ।

अस्पताल भवन निर्माण गर्नका लागि अर्थमन्त्रालयले बजेटको सुनिश्चितता पनि गरिसकेको छ । सबै भवनहरु निर्माणका लागि यसवर्ष मात्रै ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ निकासा गरिएको छ ।

यसबाहेक अस्पताल निर्माण र उपकरण जडानसहित सञ्चालन गर्न ५८ अर्ब खर्च हुने अनुमान गरिएको छ । सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा एकप्रकारको क्रान्ति भएको दाबी गरेको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालले आज शिलान्यास हुने अस्पताल दुई वर्षभित्रै सञ्चालनमा आउने बताएका छन् ।

कोरोना संक्रमितको उपचारमा पछाडि हट्न खोजेपछि आलोचना खेपेको सरकारले सबै स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागेको हो । सबै स्थानीयतह सहित आजै सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको पनि शिलान्यास गर्ने तयारी सरकारले गरेको छ ।

कोरोना महामारीका बीच सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न अस्वीकार गरेपछि निकै आलोचना खेपेको थियो । स्वास्थ्य मन्त्रालयले निशुल्क उपचार गर्न नसकिने भन्दै हात उठाएपछि सर्बोच्च अदालतले समेत कोरोना संक्रमितको निशुल्क उपचार गर्न सरकारका नाममा आदेश गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले बनाएको योजनालाई अर्थमन्त्री विष्णु पौडेलले साथ दिए । बजेट अभाव हुन नदिने मन्त्री पौडेलको प्रतिवद्धताले अस्पताल निर्माणको कामलाई अघि बढाउन मद्दत मिलेको छ ।

योजना अनुसार पाँच शय्याका ५२, १० शय्याका एक सय नौ र १५ शय्याका ३५ अस्पताल बन्नेछन् ।

प्रदेश १ मा ८६ आधारभूत अस्पताल सहित १ सरुवारोग अस्पताल निर्माण गरिनेछ। त्यसैगरी, लुम्बिनी प्रदेशमा १ सरुवा रोग अस्पताल र ५७ आधारभूत अस्पताल, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमती प्रदेशमा ५१ र कर्णालीमा ४२ वटा स्थानीय तहमा अस्पताल बन्ने सरकारले जनाएको छ ।

अनुकूलताको आधारमा अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा सम्बन्धित क्षेत्रका सांसद र स्थानीय तहका प्रमुखले अस्पतालको शिलान्यास गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : ५० बजे

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरू भएको सगरमाथा

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : अध्यक्ष प्रचण्ड

डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पूर्व खेलाडीहरुको संगठनलाई देशब्यापी विस्तार गरिने

नेपालगन्ज । नेपालगन्जमा गठन भएको पूर्व खेलाडी समाज बाँकेले देशभरका

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

काठमाडौँ । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण

गभर्नर नियुक्तिमा ढिलाइ हुँदा आर्थिक क्षेत्रमा नकारात्मक असर पर्छ : अध्यक्ष प्रचण्ड

बैतडी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’