१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

स्वास्थ्य क्षेत्रमा ‘अभुतपूर्व फड्को’ : आज एकैदिन ७ प्रदेशमा ३९६ आधारभूत अस्पताल शिलन्यास हुँदै



काठमाडौं । सरकारले दाबी गरेअनुसार यदि काम हुने हो भने नेपालको स्वास्थ्य क्षेत्रमा आजको दिन ऐतिहासिक दिन बन्नेछ ।

सरकारले आज सोमबार सातै प्रदेशका स्थानीय तहमा तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलन्यास गर्दैछ ।

ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित बनाउन लागिएको अस्पताल दुई वर्षमा पुरा गर्ने लक्ष्य सरकारको रहेको छ । ५, १० र १५ शैयाका अस्पताल बनेपछि देशभरका जनताले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुनेछ ।

अस्पताल भवन निर्माण गर्नका लागि अर्थमन्त्रालयले बजेटको सुनिश्चितता पनि गरिसकेको छ । सबै भवनहरु निर्माणका लागि यसवर्ष मात्रै ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ निकासा गरिएको छ ।

यसबाहेक अस्पताल निर्माण र उपकरण जडानसहित सञ्चालन गर्न ५८ अर्ब खर्च हुने अनुमान गरिएको छ । सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा एकप्रकारको क्रान्ति भएको दाबी गरेको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालले आज शिलान्यास हुने अस्पताल दुई वर्षभित्रै सञ्चालनमा आउने बताएका छन् ।

कोरोना संक्रमितको उपचारमा पछाडि हट्न खोजेपछि आलोचना खेपेको सरकारले सबै स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागेको हो । सबै स्थानीयतह सहित आजै सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको पनि शिलान्यास गर्ने तयारी सरकारले गरेको छ ।

कोरोना महामारीका बीच सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न अस्वीकार गरेपछि निकै आलोचना खेपेको थियो । स्वास्थ्य मन्त्रालयले निशुल्क उपचार गर्न नसकिने भन्दै हात उठाएपछि सर्बोच्च अदालतले समेत कोरोना संक्रमितको निशुल्क उपचार गर्न सरकारका नाममा आदेश गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले बनाएको योजनालाई अर्थमन्त्री विष्णु पौडेलले साथ दिए । बजेट अभाव हुन नदिने मन्त्री पौडेलको प्रतिवद्धताले अस्पताल निर्माणको कामलाई अघि बढाउन मद्दत मिलेको छ ।

योजना अनुसार पाँच शय्याका ५२, १० शय्याका एक सय नौ र १५ शय्याका ३५ अस्पताल बन्नेछन् ।

प्रदेश १ मा ८६ आधारभूत अस्पताल सहित १ सरुवारोग अस्पताल निर्माण गरिनेछ। त्यसैगरी, लुम्बिनी प्रदेशमा १ सरुवा रोग अस्पताल र ५७ आधारभूत अस्पताल, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमती प्रदेशमा ५१ र कर्णालीमा ४२ वटा स्थानीय तहमा अस्पताल बन्ने सरकारले जनाएको छ ।

अनुकूलताको आधारमा अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा सम्बन्धित क्षेत्रका सांसद र स्थानीय तहका प्रमुखले अस्पतालको शिलान्यास गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : ५० बजे

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना

मतदाता आकर्षित गर्न आ-आफ्नै ‘एजेन्डा’

काठमाडौं । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा

संखुवासभा-ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का

निर्वाचन आउन ६ दिन बाँकी : निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३