५ पुस २०८२, शनिबार | December 20, 2025

पुस्तक छपाईमा भन्सार छुट दिएर सरकारले विदेशी उद्योगलाई प्रश्रय दियोे : रुपन्देही उद्योग संघ



बुटवल । सरकारले समृद्दीको नारा तय गरेपनि उद्योग मैत्री नीति बनाउन नसकेको रुपन्देहीका उद्येगीहरुले आरोप लगाएका छन् । रुपन्देही उद्योग संघको ४३ औ स्थापना दिवस तथा बार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले सरकारले उद्योग नीति बनाउन नसक्दा उद्योगीहरु समस्यामा परेको बताए ।

उनीहरुले विना दर्ता गैरकानुनीरुपमा संचालनमा रहेका उद्योगहरुलाई राज्यले नियमन गर्न नसकेको, बुटवल भैरहवा क्षेत्रमा संचालित उद्योगहरुमाथि ट्रंक लाईन बिद्युतका नाममा शोषण गरिएको, क्रसर उद्योग संचालनका बिषयमा स्पष्ट निर्णय नआउंदा क्रसर उद्योग धारासायी बनेको, समाजिक सुरक्षा कोष र एक्जिम कोडको झमेलाले उद्योगहरुले समस्या भोग्नु परेको जस्ता समस्या राखेका थिए । उनीहरुले हालै अर्थमन्त्रालयले पुस्तक छपाईमा दिएको भन्सार छुटको पनि बिरोध जनाएका थिए ।

यस अघिको सरकारले मुलुक बाहिर प्रकाशन गरेको पुस्तकहरुमा भन्सार लगाउने निर्णय गरेको थियो । सरकारको निर्णयको बौद्धिक सम्पत्तीमाथि कर लगाएको भन्दै आलोचना समेत भएको थियो ।

बार्षिक उत्सव तथा साधारणसभाको संघिय सरकारका अर्थमन्त्री बिष्णु पौडेलले भर्चुअल उदघाटन गरेका थिए । भर्चुअल प्रबिधिबाटै कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकारले रुपन्देहीलाई औद्योगिक केन्द्रकोरुपमा बिकास गर्न चाहेको जानकारी दिए । पौडेलले औद्योगिक र पर्यटन उद्योगको सम्भावनालाई उपयोग गर्न उद्योगीहरुलाई आग्रह गर्दै सरकार औद्योगिक समस्यामा उद्योगीहरुको साथमा रहेको स्पष्ट पारे ।

कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले समृद्द नेपाल सुखी नेपालीको नारालाई ब्यवहारमा लागु गर्न सरकारसंग आग्रह गरे । उनले संघको तर्फबाट पटक पटक सरकार समक्ष राखेका मागहरुको सम्बोधन नभएको गुनासो गर्दै देशलाई समृद्ध बनाउन उद्योग ब्यवसाय सवल बन्न आवश्यक रहेको बताए

बार्षिक उत्सवका अवसरमा संघले यस अघिका पूर्व अध्यक्षहरुलाई सम्मान गर्नुका साथै औद्योगिक पत्रकारीता पुरस्कार समेत बितरण गरेको थियो । संघले यस वर्षको औद्योगिक पत्रकारीता पुरस्कार पत्रकार कृष्ण खनाललाई दिएको छ ।

 

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १२ : १८ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने