७ आश्विन २०८३, बुधबार | September 23, 2026

दुवै अध्यक्षले निर्णय गर्नुहोस, दोस्रो पुस्ता पार्टी र सरकार चलाउन तयार छौं : नेता पुन



रोल्पा । उर्जामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले पार्टीको नेतृत्व नयाँ पुस्ताले लिन तयार भएको बताएका छन् ।

रोल्पामा विद्युतीय सबस्टेसनको उद्घाटन गर्दै नेता पुनले दुवै अध्यक्षहरुले औपचारिक रुपमा पार्टी नेतृत्वबाट हट्ने निर्णय गरे दोस्रो पुस्ताले पार्टी र सरकार चलाउन सक्षम रहेको बताएका हुन् ।

पुनले भने, ‘दुबै अध्यक्षले हामी प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्छौं र युवा पुस्तालाई नेतृत्व दिन तयार छौं भनेर निर्णय गर्नुस् हामी दोस्रो पुस्ताका नेता अध्यक्ष र प्रधानमन्त्री चलाउन तयार छौ ।’

तर, अध्यक्षहरुले यसबारे भन्न सक्नुपर्ने नेता पुनले स्पष्ट पारे । उनले भने, ‘हामी उहाँहरूलाई अभिभावक मान्न तयार छौं। तर यो आवेग र उत्तेजनामा आएर गर्ने होइन। हामीले विधिसम्मत ढंगले टुंगो लगाउनु पर्छ। हामी त्यसका लागि तयार छौ।’

सत्तारुढ दल नेकपामा दुई अध्यक्षबीच तिब्र अन्तसंघर्ष चलिरहँदा नेता पुनले दुवै अध्यक्षलाई पार्टीको अभिभावकत्व ग्रहण गर्न सुझाएका हुन् । यसअघि अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्ताव विरुद्ध काउन्टर गर्दै अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफुले दास्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको भन्दै प्रचण्डलाई समेत त्यो गर्न सक्ने कि नसक्ने भन्दै चुनौती दिएका थिए ।

यसअघि पार्टी महासचिव विष्णु पौडेलले पनि सचिवालय नै पार्टीमा विवादको जड बनेको भन्दै सबै सचिवालय सदस्यले राजीनामा दिएर नयाँ पुस्तामा जानुपर्ने तर्क गरेका थिए ।

नेता पुनले पार्टीमा विभाजन आउन नदिन सबैले प्रयास जारी राखेको बताए । नेकपाभित्रको बहसले सिंगो देशको राजनीति प्रभावित भएको भन्दै उनले जनताको म्यान्डेटले एकता भएकोले एकता कमजोर नहुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १ : २५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११