१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

माछापुच्छ्रे बैंकले लुम्बिनीमा गर्यो ‘पर्यटक प्रतिक्षालय’को व्यवस्था



काठमाडौ । माछापुच्छ्रे बैंकले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा “पर्यटक प्रतिक्षालय“ को ब्यबस्था गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी शाखा मार्फत देश तथा विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाइ लक्षित गरी उक्त प्रतिक्षालय निर्माण गरेको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतिक्षालय लुम्बिनी विकास कोषका कोषाध्यक्ष श्री सुरेन्द्र मणि शाक्य र परियोजना प्रबन्धक श्री सरोज भट्टराईलाई हस्तान्तरण गरेका छन् ।

माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा बिभिन्न संघ संस्था तथा सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार र पुर्नस्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु १३३ शाखा रहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा २९३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकले सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर २०० वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ४ : ३८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम