१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लुम्बिनी प्रदेशमा डाइनामिक टेक्नोसफटको सेवा शुरु



बुटवल । वीरगञ्जबाट सुरु भएको आईटी सेवा प्रदायक कम्पनि डाइनामिक टेक्नोसफटले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित बुटवलमा शाखा विस्तार गरेको छ ।

एक दशकभन्दा पनि लामो समयदेखि नेपाली र अन्तर्राष्ट्रिय बजारमा आईटी सम्बन्धि सेवाहरुको साथै सफवेयर विकास र वेब सर्भिसेसहरु दिदै आएको कम्पनीले प्रदेश नं. २ र बागमती प्रदेशपछि लुम्बिनी प्रदेशमा पनि आफनो शाखा विस्तार गरेको हो ।

बुटवलमा विस्तार गरिएको शाखाको कम्प्युटर एशोसियन नेपाल (क्यान) महासंघका राष्ट्रिय अध्यक्ष नवराज कुवरले उद्घाटन गर्दै कम्पनीको शाखा बुटवलमा विस्तार भएसगै आइटीको क्षेत्रमा नया आयाम थपिएको बताए । विज्ञान र प्रविधिको युगमा डाइनामिक टेकनोसफट प्रालिले नेपाललाई पनि प्रविधिमैत्री बनाउनमा सघाउ पुग्ने विश्वास उनले व्यक्त गरे ।

आईटी क्षेत्रमा रहेका समस्याहरुको समाधान गर्नुका साथै सयौ युवाहरुलाई रोजगारी दिने अवसरको सृजना गरेको बताए । कार्यक्रममा डाइनामिक टेकनोसफट प्रालिका प्रमुख कार्यकारी अधिकृत दिपक साहले नेपालको एउटा आईटी कम्पनीलाई विश्वको प्रतिष्ठित ब्राण्डका रुपमा स्थापित गर्ने अभिप्रायका साथ निरन्तर काम गरीरहेको बताए ।

आगामी दिनमा अन्य प्रदेश तथा जिल्लाहरुमा पनि कम्पनीको शाखा विस्तार गरिने उनले बताए । कार्यक्रममा न्यु होराईजनका प्राचार्य लोकनाथ उपाध्यया, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुषाल, सहप्राचार्य सुमन भुषाल, पामिर एकाडेमीका प्राचार्य माधव अर्याल, क्यानका केन्द्रिय सदस्य नारायण श्रेष्ठ, क्यानका रुपन्देही अध्यक्ष रामुदेव गौतमलगायतले शुभकामना दिएका थिए ।

कम्पनिमार्फत एक दशकभन्दा पनि लामो समयदेखि नेपाली र अन्तर्राष्ट्रिय बजारमा सेवाहरूको साथै सफटवेयर विकास र वेब सर्भिसेसहरु हामीले दिदै आएको छ । विश्वव्यापी रुपमा आईटी क्षेत्रमा रहेका समस्याहरु समाधान गर्दै नेपाललाई पनि आइटी मैत्री बनाउने र नेपालको एउटा आईटी कम्पनीलाई विश्वको प्रतिष्ठित ब्राण्डका रुपमा स्थापित गर्ने अभिप्राय कम्पनिको रहको जानकारी कम्पनिका बिजिनेस डेभलपमेन्ट म्यानेजर बिरु क्षेत्रीले बताए ।

डाइनामिक टेकनोसफट प्रालिमार्फत हाल ईआरपीरकस्टमाईजड सफटवेयर निर्माण, मोबाइल एप्लिकेसन निर्माण, वेबसाइट निर्माण, बल्क एसएमएस समाधान, डोमेन रजिष्ट्रेसन, वेब होस्टिंग र अनलाइन हाजीरी सुविधा लगायतका सेवाहरु उपलब्ध छन् । देशका ७ वटै प्रदेशहरुमा आफना डीलरहरु र सयभन्दापनि बढी डिलरहरुको नेटवर्कसग मिलेर डाइनामिक टेकनोसफटको सेवा नेपाल सरकारका विभिन्न निकाय, दुगड ग्रुप, डावर नेपाल, गोदावरी ग्रुप, हुलास स्टिल, एशियन थाई फुड्स, देशका प्रतिष्ठित अस्पताल, होटल लगायत ठूला उद्योगले समेत प्रयोग गरिरहेका जानकारी डाइनामिक टेकनोसफटका चिफ अपरेटिंग अफिसर अर्जुन साह ले गराए ।

कोभिड-१९ को महामारीको समयमा बैकल्पीक शिक्षाको माग बढेसँगै देशभरका विभिन्न स्थानीय तहहरुले समेत विद्यालय व्यवस्थापन तथा अनलाईन कक्षा सञ्चालनका लागी डाइनामिकको अनलाइन लर्निङ टुल्सहरुको प्रयोग गर्न थालेका छन ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ४ : ५८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान