३ असार २०८३, बुधबार | June 17, 2026

देशभरी अस्पतालको शिलान्यास हुँदा बाँकेको नरैनापुरमा ५ शैयाको अस्पताल उदघाटन



नेपालगन्ज । ७ वटा प्रदेशको ३०९ स्थानमा आधारभूत अस्पतालको शिलान्यास भएकै दिन बाँकेको नरैनापुरमा भने ५ शैयाको अस्पतालको उदघाटन भएको छ । संघिय सरकारको एक पालिका एक अस्पतालको कार्यक्रम अन्तर्गत नरैनापुर गाउँपालिकामा पाँच शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको हो ।

नरैनापुरमा संचालनमा आएको अस्पतालको लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले संयुक्तरुपमा उदघाटन गरेका छन् । सोमबारबाट नरैनापुरको वडा नम्बर २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सुविधासहित पाँच शैयाको अस्पताल सञ्चालनमा आएको छ । संघीय सरकारले भदौ २३ गते हरेक स्थानीय तहलाई कम्तिमा पाँच शैयाको अस्पताल सञ्चालन गर्न गरेको परिपत्र अनुसार कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नरैनापुर गाँउपालिकाले जनाएको छ । अस्पताल सञ्चालनका लागि पहिलो चरणमा संघले १० लाख रुपैयाँ पठाएको थियो ।

उदघाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य नमुनाले पाँच शैयाको अस्पताल सञ्चालनमा आएसंगै संक्रमितलाई उपचारार्थ नेपालगञ्ज लैजानुपर्ने अवस्थाको अन्त्य भएको बताईन् । प्रारम्भिक चरणमा कोभिडको सर्वाधिक मारमा परेको नरैनापुरमा पछिल्लो समय एकाध बाहेक संक्रमित नभेटिनु सुखद् भएपनि तयारी अवस्थामा रहन जरुरी रहेको उनले बताईन् ।

गाउँपािलका अध्यक्ष शाहले स्वास्थ्य सेवामा पछाडि परेको नरैनापुरलाई अघि बढाउन तन, मन र बचनले इमान्दारपूर्वक जनताको सेवामा खट्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले कोभिड अस्पताल सञ्चालन भएपछि अब उपचार सहज हुने बताए ।

शाहीका अनुसार नरैनापुरमा हालसम्म १ सय २५ जना संक्रमित भएकोमा १ जनाको मृत्यु भएको, १ सय २३ जना निको भएर डिष्चार्ज भइसकेको र एक जना उपचारका क्रममा रहेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : ४९ बजे

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा

अध्ययन बिदा सकेर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान