१ पुस २०८२, मंगलबार | December 16, 2025

नेकपा सचिवालय बैठक बस्दै, ओलीलाई पाँच नेताले जवाफ फर्काउने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पुनः बस्दै छ ।  पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो ।

आजको सचिवालय बैठकमा मङ्सिर १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्यहरूलाई सम्बोधन गरेर दिएको जवाफमाथि अरू सदस्यहरूले धारणा राख्नेछन् ।

नेकपा सचिवालयमा पत्रमार्फत् जवाफ दिने सिलसिला चलेको थियो । गत कात्तिक २२ गते प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक डाक्न सहमतिको माग गर्दै ओलीलाई पत्र थमाएका थिए ।

ओलीले बैठक नबोलाइ कात्तिक २५ गते पत्र लेखेर जवाफ दिएका थिए ।

त्यसको प्रत्युत्तरसमेत समेट्दै ओलीका कैयौ प्रवृत्तिहरुमाथि प्रहार गर्दै प्रचण्डले २८ गते ‘राजनीतिक प्रस्ताव’ सचिवालयमा पेश गरेपछि नेकपाभित्रको विवाद थप पेचिलो बनेको थियो । त्यसपछि मंसिर ३ गते बसेको बैठकमा ओलीले प्रचण्ड प्रस्तावलाई खारेज गर्दै त्यसविरुद्ध काउन्टर प्रस्ताव ल्याउन १० दिनको समय मागेका थिए । ओलीले मंसिर १३ गते पेश गरेको ३८ पृष्ठ लामो प्रस्तावमा प्रचण्डमाथि गम्भीर आरोप लगाउँदै पार्टी विभाजन गर्न प्रचण्डले नै खोजेको आरोप लगाएका थिए ।

प्रचण्डले पेश गरेको प्रस्तावमा सचिवालयका ५ जना सदस्यको समेत भावना समेटिएका कारण आजको बैठकमा पाँचै नेताले ओलीलाई जवाफ दिने बताइएको छ ।

प्रचण्ड नेपाल पक्षले कात्तिक २२ गतेदेखि मंसिर १३ गतेसम्मका सबै पत्राचार र प्रस्तावहरुलाई स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगेर प्रक्रियाद्वारा टुंग्याउने योजना बनाएको छ । तर, ओली पक्षले भने सचिवालय बैठकमा प्रचण्डले आत्मालोचना गरेर प्रस्ताव फिर्ता लिनुपर्ने माग गरेको छ । सचिवालय भन्दा तल्लो कमिटीमा प्रस्ताव लैजाने वैधानिक अधिकार नभएको ओली पक्षको जिकिर रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ९ : ३३ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा