३ पुस २०८२, बिहिबार | December 18, 2025

नेकपा सचिवालय बैठक : अनौपचारिक छलफल गर्ने सहमति, भोलि १ बजे पुनः बैठक बस्ने



काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालयको आजको बैठक अनौपचारिक भेटघाट र छलफल गर्ने सहमति गर्दै सकिएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाको कारण देखाएका कारण पार्टी कार्यालय धुम्बाराहीमा तय भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका दुईवटै राजानीतिक प्रस्तावका विषयमा सचिवालयका सदस्यहरुले धारणा राखेका थिए।

बैठकमा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य सचिवालयका सदस्यले पनि धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले नेताहरुबीच छलफल, अन्तरक्रिया र संवाद जारी राख्नु उचित हुने निश्कर्ष निकालेको श्रेष्ठले बताए । ‘प्रस्तावमा उठेका विषयमा गम्भीर रुपमा आफ्नो धारणा राख्ने काम भएको छ, बाँकी बिषयमा भोलि छलफल हुन्छ’, श्रेष्ठले भने ।

सचिवालय बैठकमा अध्यक्षद्वयको प्रतिवेदनसँगै पार्टीभित्र देखिएको संकटको जड र समाधानका विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठको भनाइ छ । उनले भने, ‘अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको प्रस्ताव, पार्टीमा संकट आउनुको कारण, त्यसको समाधानका र निकासका बारेमा केन्द्रित भएर छलफल गर्ने काम बाँकी छ ।’

श्रेष्ठले स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै हुने पनि बताए । यसअघि नै मंसिर १८ गतेका लागि बैठकको मिति निर्धारण भएकाले पूर्वनिर्धारित मितिमै बैठक बस्ने उनले बताए ।

महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा दिउँसो १ बजेपछि केक काटेर सुरु भएको बैठक करिब तीन घण्टा चलेको थियो । पौडेललाई अध्यक्षद्वयसहित अन्य नेताहरुले जन्मदिनको बधाई एवं शुभकामना दिएका थिए ।

 

 

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ४ : ४८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका