२१ माघ २०८२, बुधबार | February 4, 2026

देशैभरका विमानस्थल बिस्तार र स्तरोन्नति गरीने



काठमाडौं । सरकारले देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको छ ।

पर्यटन क्षेत्रको विकाससँग गाँसिएको विमानस्थललाई विशेष प्राथमिकतामा राखेर सरकारले यसको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिएको हो ।

यस क्रममा अहिले देशैभरका विमानस्थलमा विकासनिर्माण कार्यले तीव्रता लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशैभर विमानस्थलको विस्तार तथा स्तरोन्नति कार्यलाई सरकारले विशेष प्राथमिकता दिएको बताए ।

पर्यटनको विकासका लागि हवाई ‘कनेक्टिभिटी’ महत्वपूर्ण हुने हुँदा सरकारले विमानस्थलहरूको निर्माण, विस्तार र स्तरोन्नतिलाई तीव्रता दिएको उनले स्पष्ट गरे ।

नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको जहाज पार्किङस्थलको मङ्गलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले राजधानी बाहिरका सबैभन्दा बढी उडान हुने विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया पनि अघि बढाइसकिएको बताए ।

नेपालगञ्ज विमानस्थलमा आठवटा एटीआर र चारवटा ट्विनअटर विमान सहज रूपमा पार्किङ गर्ने गरी जहाज पार्किङस्थल निर्माण गरिएको उनले प्रस्ट पारे ।

यो पार्किङस्थल एयर बस ३२० समेत पार्किङ गर्न मिल्ने गरी निर्माण गरिएको जनाउँदै उनले यसैबाट सरकारले यस विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजेको प्रमाणित गरेको बताए। सरकारले नेपालगञ्ज र विराटनगर विमानस्थललाई हब विमानस्थलका रूपमा विकास गर्न गुरुयोजना बनाएर अगाडि बढेको पनि उनले जानकारी दिए ।

मन्त्रिपरिषद्ले यी दुवै विमानस्थलका गुरुयोजनालाई पारित गरिसकेको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : ४७ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु