६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

२० वर्षमा निर्माण भएको विमानस्थल सेल्फी स्पर्ट बन्यो, हवाइ उडानको छैन टुंगो



इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले यहाँका बासिन्दाको लागि घुमघाम गर्ने ठाउँ बनेको छ । विमानस्थलमा सेल्फी खिच्ने र टिकटक भिडियो बनाउनेहरु बाक्लै भेटिन्छन् । विमानस्थल घुमघाम गरेर दिन कटाउने अनि सेल्फी स्पर्ट बनेको छ ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको निर्माण पूरा भएको पाँच महिना बितिसक्यो । लामो समयको प्रतिक्षापछि निर्माण पूरा भए पनि उडान सुरु हुन सकेको छैन ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण प्रक्रिया थालेको २० वर्षमा मात्रै निर्माण पूरा भएको हो । २०५८ मै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल बनाउने प्रक्रिया थालेको १० वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको १० वर्षपछि २०७८ मा मात्रै विमानस्थल निर्माण पूरा भएको हो । यत्तिको लामो समय पर्खिएर पूरा भएको विमानस्थलमा उडान नहुँदा स्थानीय निराश भएका हुन् ।

विमानस्थलमा गत वैशाखमै दोस्रो पटक परीक्षण उडान गरेर नियमित उडान गर्ने तयारी थियो । तर, हालसम्म उडान निश्चित भएको छैन । उडान सुरु भए इलामको पर्यटनको विकासमा पनि सहयोग पुग्नेछ । ‘देशको विभिन्न पर्यटकीय क्षेत्रबाट हस्तामा एउटा(एउटा मात्रै उडान हुने हो भने इलाममा पर्यटको फ्लो बढ्थ्यो,ु होटल एसोसिएसनका अध्यक्ष देवी पौडेलले भने, ‘एयरलाइन्स कम्पनीलाई सेवा सुविधा दिएर भए पनि उडानको व्यवस्था मिलाउनुपर्छ ।’

इलाम पर्यटकीय क्षेत्र भए पनि लामो यात्रा गर्नुपर्ने कारण पर्यटकले इलाम आउन चाहना नगर्ने पौडेलको भनाइ । सडक यात्राको लागि लामो दूरीमा पर्ने इलाममा निर्माण भएको विमानस्थल सञ्चालनमा नहुँदा पर्यटनमा असर पुगिरहेको छ । ‘कोभिडको प्रभाव नहुँदा समेत इलाममा पर्यटकको आवगमन घटेको थियो,ु पौडेलले भने,‘इलाममा पर्यटक भित्र्याउन चाडै नै विमानस्थल सञ्चालन हुनुपर्छ ।’

विमानस्थल सञ्चालन गर्न इलाम नगरपालिकाले पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई ताकेता गरिरहेको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए । ‘तीन दिन अघि मात्रै हामीले मन्त्रालयको सचिवलाई यसको विषयमा कुराकानी गरेका छौँ,ु बस्नेतले भने, ‘मन्त्रालयले सेवा प्रदायकसँग कुरा गर्नुहोस् भनेपछि हामीले एयरलाइन्स कम्पनीसँग पनि कुरा गरेका छौँ ।’

एयरलाइन्स कम्पनीले उडानका लागि निश्चित समय साझेदारीको अपेक्षा गरेको बस्नेतले बताए । एयरलाइन्सले फाल्गुनन्द सुकिलुम्बा विमानस्थबाट उडान दिगो नहुञ्जेलसम्मका लागि साझेदारीको अपेक्षा गरेकाले सरोकारवालासँग सुझाव माग गरेको बस्नेतले जानकारी दिए । ‘हामीले ट्राभल एजेन्सी, उद्योग वाणिज्य संघ लगायतका संघसंस्थासँग छलफल गरेर सुझाव मागेका छौँ,ु उनले भने, ‘उहाँहरूबाट साझेदारी गर्नु उचित हुन्छ भन्ने सुझाव आयो भने नगरपालिका पनि केही लगानी गर्न तयार छ ।’

विमानस्थलको धावनमार्ग सँगै ट्याक्सी र हवाई पार्कीङसमेत कालोपत्रे भइसकेको छ । आठ करोड ४० लाखको लागतमा धावनमार्गको कालोपत्रे गरिएको हो । धावनमार्ग, कन्ट्रोल टावरसहित ट्याक्सी र हवाइ पार्किङको निर्माणको ठेक्का पाएको आशिष आशीर्वाद स्वामीनारायण जेभीले काम पूरा गरेर नागरिक उडढ्यन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ ।

सुकिलुम्काको एउटा बस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर विमानस्थल बनाइएको हो । ६७० मिटर लम्बाइ र २० मिटर चौडाइ भएको विमानस्थलबाट थोरै यात्रु बोक्ने विमानले उडान भर्न सक्छ । फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट हवाई सेवा सुरु भए इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका बासिन्दालाई हवाइ यात्राका लागि सहज हुने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ११ : ०० बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा