१ पुस २०८२, मंगलबार | December 16, 2025

अन्ततः प्रधानमन्त्री ओली सचिवालय बैठकमा जान सहमत



काठमाडौं । मंगलबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बैठकमा उपस्थित नहुने सुचना दिएर निस्केका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठकमा सहभागी हुन सहमत भएका छन् । आज १ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री सहभागी हुने भएपछि १ घण्टा पछि  २ बजेका लागि सारिएको छ ।

मंगलबार बसेको बैठकमा अध्यक्ष प्रचण्डको १९ बुंदे राजनीतिक प्रस्तावको खारेजीको माग गर्दै प्रचण्डको प्रस्तावलाई लिएर छलफल हुन नसक्ने भन्दै प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका थिए ।

बैठकमा सहभागी नहुने मनस्थिती बनाएर बसेका ओलीलाई ओली निकट नेताहरुले दावाव दिएपछि बैठकमा सहभागी हुन सहमत भएको ओली निकट श्रोतले दाबी गरेको छ । मंगलबारको बैठकमा ओली निकट सचिवालय सदस्य ईश्वर पोखरेलले समेत प्रस्तावमाथि छलफल हुनु पर्ने बिचार ब्यक्त गरेक थिए । बैठकमा बहुमत सदस्यहरुले प्रचण्डको प्रस्ताव बैठकको एजेण्डा बनिसकेको बताएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १ : ४९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष