१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, अध्यक्ष ओली अनुपस्थित



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ । तर बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अनुपस्थित भएका छन् ।

आफु निकट नेताहरुसँगको छलफलपछि यसअघि बैठकमा उपस्थित हुने भएको भनिएका ओलीले आजको बैठकलाई हिजोको पूर्वघोषणा अनुसार बहिस्कार गरेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा प्रधानमन्त्री अनुपस्थित भएको जनाएका छन् ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर कार्यव्यस्तता भन्दै १ घण्टा पछि सारिएको थियो । प्रधानमन्त्री ओलीलाई कुर्दा उनी उपस्थित नभएपछि बैठक दिउँसो साढे २ बजेबाट सुरु भएको छ ।

बालुवाटारमै सुरु भएको बैठकमा अन्य सचिवालय सदस्यहरु भने उपस्थित छन् । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डका प्रस्तावमाथि छलफल गरी स्थायी कमिटीमा छलफलका लागि पठाइने बुझिएको छ ।

ओलीले भने प्रचण्डले माफी माग्दै आफ्नो प्रस्ताव फिर्ता नगरेसम्म बैठक बस्नुको औचित्य नहुने बताइसकेका छन् । उनले आफुलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड लगायतका नेताहरुले कु गर्न लागेको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  २ : ४९ बजे

काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा टिपरको ठक्करबाट एक स्कुटर चालकको ज्यान

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि

निर्वाचन अवधिभर पाँचथरको नेपाल-भारत सीमाबाट आवतजावतमा रोक

पाँचथर। जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर

आज चन्द्रग्रहण लाग्ने, नेपालबाट एक घण्टा देखिने

काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज (फागुन १९) बेलुका

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-३ भुल्केमा लामो समयदेखि रहँदै आएको