८ बैशाख २०८१, शनिबार | April 20, 2024

सरकारको अधिनायकवादी र सर्वसत्तावादी अभिष्ट पुरा हुन दिँदैनौं : सभापति देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले ज्यादती गरेको भन्दै सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

सभापति देउवाले बुधबार विज्ञप्ति प्रकाशित गर्दै सरकारले नेता पौडेलमाथि आक्रमण गरेर अधिनायकवादी चरित्र देखाएको भन्दै सशक्त प्रतिवाद गर्ने जनाएका हुन् । पौडेलप्रति दुव्यर्वहार गरेर सरकारले सर्वसत्तावादी संकेत देखाएको देउवाले दाबी गरेका छन् ।

बुधबार तनहुँको व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा काँग्रेस र नेकपाका युवाहरुबीच विवाद उत्पन्न भएपछि लगाइएको निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रशासनले सो क्षेत्रमा बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाएको थियो ।

सभापति देउवाले सरकारको अधिनायकवादी आकांक्षाको जडमा तनहुँ घटना भएको दाबी गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

देउवाले नेता पौडेललाई तत्काल रिहा गर्न समेत माग गर्दै भनेका छन्, ‘अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’

 

 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ५ : २० बजे

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या