१० भदौ २०८३, बुधबार | August 26, 2026

सरकारको अधिनायकवादी र सर्वसत्तावादी अभिष्ट पुरा हुन दिँदैनौं : सभापति देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले ज्यादती गरेको भन्दै सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

सभापति देउवाले बुधबार विज्ञप्ति प्रकाशित गर्दै सरकारले नेता पौडेलमाथि आक्रमण गरेर अधिनायकवादी चरित्र देखाएको भन्दै सशक्त प्रतिवाद गर्ने जनाएका हुन् । पौडेलप्रति दुव्यर्वहार गरेर सरकारले सर्वसत्तावादी संकेत देखाएको देउवाले दाबी गरेका छन् ।

बुधबार तनहुँको व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा काँग्रेस र नेकपाका युवाहरुबीच विवाद उत्पन्न भएपछि लगाइएको निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रशासनले सो क्षेत्रमा बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाएको थियो ।

सभापति देउवाले सरकारको अधिनायकवादी आकांक्षाको जडमा तनहुँ घटना भएको दाबी गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

देउवाले नेता पौडेललाई तत्काल रिहा गर्न समेत माग गर्दै भनेका छन्, ‘अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’

 

 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ५ : २० बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’