७ बैशाख २०८३, सोमबार | April 20, 2026

बिर्सने बानीले तपाइलाइ सताएको छ ? यी उपाय अपनाउनुहोस



एजेन्सी । बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै सताएको हुन्छ ।

पढेका कुरा एकछिनमा बिर्सने समस्याको कारण धेरै मेहनत गर्ने विद्यार्थी पनि असफल भएका उदाहरण सुन्न पाइन्छ । तलका उपाय अपनाउनुभयो भने तपाईंले पढेको कुरा स्मरण गराउन सहज हुन सक्छ ।

नियमित रूपमा पढ्ने बानीको विकास गर्नुहोस् । कुनै चिजलाई मनमनै दोहोर्याएर र त्यसलाई सम्झने प्रयास गनुहोस् र लेख्ने अभ्यास गनुहोस् ।

एकोहोरो मात्र पढ्ने बानी नगर्नुहोस् । तपाईंले सिकिरहनुभएको कुरालाई पुरानो कुरासँग जोडेर सम्झने प्रयास गर्नुहोस् । यसो गर्दा सबै कुरा सम्झन सजिलो हुन्छ ।

तपाईंलाई कुनै पनि महत्वपूर्ण कुरा सम्झनु छ भने त्यससँग सम्बन्धित वस्तु अथवा चित्रको याद गर्नुहोस् । यस कुराले पनि तपाईलाई सम्झन सहयोग पुर्याउँछ ।

लामो समयसम्म एउटै पाठ नपढ्नुहोस् । पढेर वा रटेर भन्दा पनि त्यो कुरालाई कोटिङ गरेर पढ्नुहोस् । यसो गर्दा सम्झन सजिलो हुनका साथै फरक तरिकाले सोच्ने बानीको विकास हुन्छ ।

सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गनुहोस् । रातिको समयमा अक्सिजनको मात्रा कम हुने भएकाले पढेको कुरा सम्झनलाई गाह्रो पर्ने जान्छ ।

बिहान योग तथा ध्यान गर्नुहोस् । जसले दिमागलाई फुर्तिलाे बनाउँछ ।

आफ्नो रुचि नभएको विषयभन्दा रुचि भएको विषय पढ्दा बढी स्मरण हुन्छ । त्यसैले आफ्नो रुचिमा परिवर्तन गरी जुनसुकै विषय पनि रुचिका साथ पढ्नुपर्दछ । साथै आफूमा भएका नकारात्मक धारणाहरू, जस्तै-म कमजोर छु, मेरो स्मरणशक्ति राम्रो छैन, पढेको बुझ्दिनँ भन्ने बानी हटाउनुपर्छ । म पनि पढ्न सक्छु भन्ने बानीको विकास गर्नुपर्दछ । जुनसुकै विषय पढ्दा पनि सकारात्मक हुनुपर्दछ ।

जीवनमा लक्ष्यका साथ अघि बढ्नुपर्दछ । लक्ष्य बनाउँदा थुप्रै कुराहरूमा ध्यान दिनुपर्छ । जस्तै-आफ्नो समय, खुबी, कमजोरी, परिस्थिति आदिलाई ख्याल गनुहोस् र कुनै लक्ष्यका साथ अघि बढ्नुहोस् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ६ : ४२ बजे

नौ महिनामा १२ खर्ब ६७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा

संसदीय समितिका सभापति र सभामुखबीच भेट

काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सभामुख डोलप्रसाद अर्याललाई

‘लु’ को जोखिम बढ्दै, के हो लु ?, बच्ने कसरी ?

काठमाडौँ । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्ला

१३ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज