१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, बेहुला-बेहुली सहित १३ जना घाइते



धनगढी । कैलालीको गोदावरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

गएराती जन्ती बोकेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा परी बेहुला/बेहुली सहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइते हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका-३ का २१ वर्षीय दुलहा गोविन्द लुहार र बैतडीको दोगडाकेदार गाउँपालिका-की १९ बर्सिया दुलही डम्मरा लावड,बेलौरी नगरपालिका वडा नम्बर-३ का वर्ष १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिस लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका-८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार-६ बस्ने २० वर्षीय अर्जुन लुहार घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

यस्तै दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका-३ बस्ने ७ वर्षीय प्रदीप चौधरी,बेलौरी नगरपालिका-३ का २७ वर्षीय निर्मल चौधरी, २५ बर्सिया राधा चौधरी, दोगडाकेदार गाउँपालिका-६ बस्ने ५० वर्षीय लक्षी लुहार, पुनर्वास नगरपालिका-३ बस्ने २१ वर्षीय राजु कार्की र चालक वीर बहादुर सार्की घाइते भएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते १३ जना मध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेहरूको अत्तरियामा रहेको पदमा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ९ : ४१ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा