७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, बेहुला-बेहुली सहित १३ जना घाइते



धनगढी । कैलालीको गोदावरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

गएराती जन्ती बोकेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा परी बेहुला/बेहुली सहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइते हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका-३ का २१ वर्षीय दुलहा गोविन्द लुहार र बैतडीको दोगडाकेदार गाउँपालिका-की १९ बर्सिया दुलही डम्मरा लावड,बेलौरी नगरपालिका वडा नम्बर-३ का वर्ष १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिस लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका-८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार-६ बस्ने २० वर्षीय अर्जुन लुहार घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

यस्तै दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका-३ बस्ने ७ वर्षीय प्रदीप चौधरी,बेलौरी नगरपालिका-३ का २७ वर्षीय निर्मल चौधरी, २५ बर्सिया राधा चौधरी, दोगडाकेदार गाउँपालिका-६ बस्ने ५० वर्षीय लक्षी लुहार, पुनर्वास नगरपालिका-३ बस्ने २१ वर्षीय राजु कार्की र चालक वीर बहादुर सार्की घाइते भएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते १३ जना मध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेहरूको अत्तरियामा रहेको पदमा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ९ : ४१ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल