४ पुस २०८२, शुक्रबार | December 19, 2025

नवलपुरमा धान उत्पादनमा कमी



नवलपुर । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । यस वर्ष नवलपुुरमा ८९ हजार ७७९ मेट्रिक टन धान उत्पादन भएको छ ।

गत वर्ष यस जिल्लामा ९२ हजार ३९१ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यो दुई हजार ६१२ मेट्रिक टनले कमी हो । कृषि ज्ञान केन्द्र तनहुँका समयमै धान रोपिए पनि उत्पादनमा कमी आएको हो ।

यहाँ गत वर्षभन्दा यस वर्ष बढी क्षेत्रफलमा धान रोपाइँ भएको थियो । ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मोहन प्रकाश श्रेष्ठका अनुसार यस वर्ष धान पसाउने बेला रासायनिक मलको अभाव तथा धानमा विभिन्न रोग लागेकाले उत्पादनमा कमी आएको हो ।

गत वर्ष २० हजार ३२५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यस वर्ष २१ हजार ९५१ हेक्टरमा धान रापाइँ भएको थियो । गत वर्ष प्रतिहेक्टर ४ दशमलव ५५ मेट्रिक टन धान उत्पादन भएको नवलपुरमा प्रतिहेक्टर ४ दशमलव ०९ मेट्रिक टन मात्रै धान उत्पादन भएको श्रेष्ठले जानकारी र्दिए ।

यस वर्ष किसानले धान पसाउने समयमा रासायनिक मल पाउन सकेका थिएनन् भने पसाएको धानमासमेत राते, गबारो, पोकेलगायतका विभिन्न रोग लागेको थियो । धान स्याहार्ने बेलामा धानमा पोगटा मात्रै भएको किसानको गुनासो छ । यस वर्ष धान उत्पादनमा कमी आएको किसानको भनाइ छ ।

तल्लो क्षेत्रमा उन्नत जातका सावा, सावित्री, हाईब्रिड गोरखनाथ जातको धानखेती हुँदै आएको छ । पहाडी क्षेत्रमा पनि उन्नत जातका सावित्री, सावा र स्थानीय जातको झिनुवा, अनदीलगायत धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र सम्पर्क इकाई कार्यालय कावासोतीका प्रमुख मीरा चौधरीले बताइन् ।

जिल्लाका किसानले लगाएको धान समर्थन मूल्यमा किनबेचका लागि प्रक्रियामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपरासी पूर्वका प्रमुख विष्णुप्रसाद शर्माले जानकारी दिए ।

सहकारीलाई खरिद गर्न आवेदन खुला गरिएको भए पनि अहिलेसम्म कुनै निवेदन नदिएको शर्माको भनाइ छ । रासस

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  १२ : ०८ बजे

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित