२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मालपोत कार्यालयविरुद्ध अदालतमा रिट



कर्णाली । जिल्ला मालपोत कार्यालय सुर्खेतका विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको जनाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका हुन् । सो रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ ।

रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।

अधिवक्ता खत्रीले मालपोतले सहजरूपमा सेवा नदिई सेवाग्राहीलाई अनावश्यक सास्ती दिने गरेको, मालपोतको सेवा सुधार गर्न सरोकारवाला निकायले बेवास्ता गरेको र कर्मचारीले बिचौलियामार्फत सेवा प्रवाह गर्ने गरेकाले अदालतमा रिट दायर गर्नुपरेको बताए।

साबिकको क्षेत्रीय सदरमुकामसमेत रहेको प्रदेश राजधानीमा घरजग्गाको कारोवारमा अत्यधिक वृद्धि भएसँगै मालपोतमा सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  १ : ०५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार