२९ भदौ २०८३, सोमबार | September 14, 2026

कोरोना दाबी भुक्तानीमा अर्थ मन्त्रालयको सक्रियता, छिटो भुक्तानी गर्न बीमा समितिलाई दियो निर्देशन



काठमाडौ । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानी छिटो गर्न बीमा समितिलाई फेरी निर्देशन दिएको छ । मन्त्रालयले बीमा समिति, नेपाल बीमंक संघ र राष्टिय बीमा कम्पनीलाई चार बुँदे निर्देशन दिएको हो ।

यस्तै प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरी, दैनिक रुपमा मन्त्रालयमा जानकारी दिन अर्थमन्त्रालयले निर्देशन दिएको छ ।यस अघि सात दिन भित्रै दाबी भुक्तानी गर्ने निर्देशन दिएको भएपछि त्यस अनुसार नभएको भन्दै अर्थमन्त्रालयले बिमा समितिलाई फेरि पत्र काटेको हो ।

पत्रमा भेरिफिकेशन गर्न बाँकी दाबीको भेरिफिकेशन पनि यथाशीघ्र गरी भुक्तानी दिने व्यवस्था मिलाउन, कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दाबी भुक्तानीमा के कस्ता समस्या देखिएका छन् त्यसबोर मन्त्रालयलाई जानकारी दिन भनिएको छ ।

हाल कुन कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको छ , पेन्डिङ विवरण के छ, त्यसको समस्या समाधानका लागि त्यस समितिबाट के कति प्रयास भइरहेको छ, यो विषयमा अर्थ मन्त्रालयसँग सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के छन् त्यो सबै खुलाउन पनि निर्देशन दिएको छ ।

मन्त्रालयले यस अघि गत असोज १८ गते कोरोबा बीमाको दाबी ७ दिनभित्र गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ६ : ०० बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा