७ आश्विन २०८३, बुधबार | September 23, 2026

ओली र प्रचण्डलाई राष्ट्रपति भण्डारीले दिइन भेट, जताइन चिन्ता : पार्टी विभाजनको साक्षी कसरी बनुँ !



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयबीच गम्भीर अन्तसंघर्ष चर्किएको बेला राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ ।

आफ्नो पूर्वपार्टीभित्र देखिएको अन्तसंघर्षप्रति निकै चिन्तित देखिएकी राष्ट्रपति भण्डारीले बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्र्रचण्डसँग अलग अलग भेट दिएकी छिन् ।

राष्ट्रपति भण्डारीलाई भेट गर्न बिहान प्रधानमन्त्री ओली शितल निवास पुगेका थिए । अर्का अध्यक्ष प्रचण्डलेसमेत भण्डारीलाई साँझ भेट गरेका छन् । भण्डारीले दुवै अध्यक्षलाई पार्टी एकतालाई जोगाएर अघि बढ्दा नै नेकपाको मात्र नभै राष्ट्रको समेत भलो हुने सुझाव दिएकी थिइन ।

संवैधानिक रुपमा राष्ट्रपतिको कुनै दलसँग आवद्धता नरहे पनि ५ वर्षअघिसम्म सक्रिय रहको पार्टीमा विवाद देखिनु र फुटको अवस्थासम्मै आइपुग्नु भण्डारीका लागि दुःखद विषय बनेको छ । यसैकारण उनले संवैधानिक दायरा भन्दा बाहिर निस्किएर नै बारम्बार नेकपाका नेताहरुलाई मिल्नका लागि सुझाव दिँदै आएकी छिन् ।

यसपटक भने पार्टी नै झण्डै विभाजनको अवस्थामा पुगेको छ । पार्टी विभाजन हुँदा स्वभाविक रुपमा त्यसको असर संसदमा पर्ने प्र्रष्टै छ । त्यसैल अहिले नेकपाका दुवै समुह संसदीय दलमा बहुमत जुटाउन समेत सक्रिय छन् । पार्टी र संसदीय दलमा बहुमत जुटाउन जसले सक्छ उ नै मूलधारको नेकपा बन्ने प्रष्टै छ । प्रधानमन्त्री ओली बहुमत अल्पमतका आधारमा पार्टीको निर्णय मान्ने पक्षमा छैनन् । प्रचण्ड पार्टी कमिटी भन्दा बाहिर गरिने सहमतिको ललिपपमा नफस्ने बताउँदै आएका छन् । यस्तो संकटपूर्ण अवस्थामा ओलीका लागि आफु अनुकुल निर्णय नभएमा दल विभाजन अध्यादेश एवं संसद विघटनको विकल्प मात्रै बाँकी छ । प्रचण्डका सामु पछिल्लो चरणमा ओलीबाट धोखा पाएको भन्दै अब धोका नखानका लागि कमिटी पद्धतीमै अघि बढ्नुपर्ने दबाव छ ।

राष्ट्रपति भण्डारी न त दल विभाजनसम्बन्धी अध्यादेश एवं संसद विघटन सदरमा दस्तखत गर्न तयार छिन न त आफ्नै सहयोद्धालाई पार्टीको बहुमतका नाममा गर्न खोजिएको दण्डलाई समर्थन गर्न तयार छिन । निकै संकटको अवस्था देखेकी भण्डारीले नेतृत्वलाई मिल्नका लागि र यथाशिघ्र महाधिवेशनको आयोजना गरी नेतृत्व हस्तान्तरण गर्नका लागि निरन्तर सुझाव दिइरहेकी छिन । सचिवालय बैठककै भोलिपल्ट भएको दुवै अध्यक्षहरुलाई भेट दिएर राष्ट्रपति भण्डारीले आफ्नो चिन्ता र चासोको स्वभाविक अभिव्यक्ति पोखेकी छिन् । जसरी भएपनि पार्टी एकता जोगाउनु पर्छ भन्ने धारणा राखेकी भण्डारीले अध्यक्षद्वयलाई मिल्ने बाटो खोज्नका लागि सुझाव दिएको बुझ््न सकिन्छ ।

प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकलाई नियतवस बंक गरेपछि अर्को बैठक र स्थायी कमिटी बैठक समेत ३ दिन सारेर अनौपचारिक छलफलका लागि बाटो खोलेका नेताहरुको बीचमा युद्ध बिराम गराउने प्रयास चारैतिरबाट भएको छ । यसैमा राष्ट्रपति भण्डारीको सक्रियता रहेको पनि बुझन् सकिन्छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ८ : ५७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११