२९ पुस २०८१, सोमबार | January 14, 2025

ओली र प्रचण्डलाई राष्ट्रपति भण्डारीले दिइन भेट, जताइन चिन्ता : पार्टी विभाजनको साक्षी कसरी बनुँ !



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयबीच गम्भीर अन्तसंघर्ष चर्किएको बेला राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ ।

आफ्नो पूर्वपार्टीभित्र देखिएको अन्तसंघर्षप्रति निकै चिन्तित देखिएकी राष्ट्रपति भण्डारीले बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्र्रचण्डसँग अलग अलग भेट दिएकी छिन् ।

राष्ट्रपति भण्डारीलाई भेट गर्न बिहान प्रधानमन्त्री ओली शितल निवास पुगेका थिए । अर्का अध्यक्ष प्रचण्डलेसमेत भण्डारीलाई साँझ भेट गरेका छन् । भण्डारीले दुवै अध्यक्षलाई पार्टी एकतालाई जोगाएर अघि बढ्दा नै नेकपाको मात्र नभै राष्ट्रको समेत भलो हुने सुझाव दिएकी थिइन ।

संवैधानिक रुपमा राष्ट्रपतिको कुनै दलसँग आवद्धता नरहे पनि ५ वर्षअघिसम्म सक्रिय रहको पार्टीमा विवाद देखिनु र फुटको अवस्थासम्मै आइपुग्नु भण्डारीका लागि दुःखद विषय बनेको छ । यसैकारण उनले संवैधानिक दायरा भन्दा बाहिर निस्किएर नै बारम्बार नेकपाका नेताहरुलाई मिल्नका लागि सुझाव दिँदै आएकी छिन् ।

यसपटक भने पार्टी नै झण्डै विभाजनको अवस्थामा पुगेको छ । पार्टी विभाजन हुँदा स्वभाविक रुपमा त्यसको असर संसदमा पर्ने प्र्रष्टै छ । त्यसैल अहिले नेकपाका दुवै समुह संसदीय दलमा बहुमत जुटाउन समेत सक्रिय छन् । पार्टी र संसदीय दलमा बहुमत जुटाउन जसले सक्छ उ नै मूलधारको नेकपा बन्ने प्रष्टै छ । प्रधानमन्त्री ओली बहुमत अल्पमतका आधारमा पार्टीको निर्णय मान्ने पक्षमा छैनन् । प्रचण्ड पार्टी कमिटी भन्दा बाहिर गरिने सहमतिको ललिपपमा नफस्ने बताउँदै आएका छन् । यस्तो संकटपूर्ण अवस्थामा ओलीका लागि आफु अनुकुल निर्णय नभएमा दल विभाजन अध्यादेश एवं संसद विघटनको विकल्प मात्रै बाँकी छ । प्रचण्डका सामु पछिल्लो चरणमा ओलीबाट धोखा पाएको भन्दै अब धोका नखानका लागि कमिटी पद्धतीमै अघि बढ्नुपर्ने दबाव छ ।

राष्ट्रपति भण्डारी न त दल विभाजनसम्बन्धी अध्यादेश एवं संसद विघटन सदरमा दस्तखत गर्न तयार छिन न त आफ्नै सहयोद्धालाई पार्टीको बहुमतका नाममा गर्न खोजिएको दण्डलाई समर्थन गर्न तयार छिन । निकै संकटको अवस्था देखेकी भण्डारीले नेतृत्वलाई मिल्नका लागि र यथाशिघ्र महाधिवेशनको आयोजना गरी नेतृत्व हस्तान्तरण गर्नका लागि निरन्तर सुझाव दिइरहेकी छिन । सचिवालय बैठककै भोलिपल्ट भएको दुवै अध्यक्षहरुलाई भेट दिएर राष्ट्रपति भण्डारीले आफ्नो चिन्ता र चासोको स्वभाविक अभिव्यक्ति पोखेकी छिन् । जसरी भएपनि पार्टी एकता जोगाउनु पर्छ भन्ने धारणा राखेकी भण्डारीले अध्यक्षद्वयलाई मिल्ने बाटो खोज्नका लागि सुझाव दिएको बुझ््न सकिन्छ ।

प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकलाई नियतवस बंक गरेपछि अर्को बैठक र स्थायी कमिटी बैठक समेत ३ दिन सारेर अनौपचारिक छलफलका लागि बाटो खोलेका नेताहरुको बीचमा युद्ध बिराम गराउने प्रयास चारैतिरबाट भएको छ । यसैमा राष्ट्रपति भण्डारीको सक्रियता रहेको पनि बुझन् सकिन्छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ८ : ५७ बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती