१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

कालिका भूतपूर्व विद्यार्थी समाजको निशुल्क स्वस्थ्य शिविर



बुटवल । कालिका भूतपूर्व विद्यार्थी समाजले कक्षा ११ र १२ को बोर्ड परीक्षामा कोभिड-१९ संक्रमण रोक्न स्वास्थ्य परीक्षण शिविर राखेको छ ।

स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै मंसिर ९ गते देखि १७ गतेसम्म शिविर राखिएको हो ।

समाजका अध्यक्ष लक्ष्मण क्षेत्रीले पुर्व विद्यार्थीहरुलाई एकतावद्ध गरि विविध रचनात्मक काममा अग्रसर गराउने आफुहरु लागेको बताए । विद्यालयसंग सहकार्य गरी विद्यालय एवम् विद्यार्थीको हकहितको लागि थप कार्यक्रम गरिने उनले बताए ।

बुधबार समापन कार्यक्रममा बोल्दै कालिका मानवज्ञान माध्यमिक विद्यालयका नि.प्र.अ.बिष्णुहरी ज्ञवाली, स.प्र. लोकराज घिमिरे, विज्ञान विषय इञ्चार्ज कृष्ण अधिकारी, टेक्निकल इञ्चार्ज अरबिन्द दुबे, समाजका उपाध्यक्ष श्याम सापकोटा, महासचिव नरेन्द्र पौडेल, कार्यक्रमको संयोजक समाजका सदस्य लक्ष्मण प्रसाद गैरे, सदस्य बुद्धि चौधरीले विद्यालयले समय र माग अनुसार अगाडि बढ्नुपर्ने बताए ।

स्वास्थ्य परीक्षणमा स्वास्थ्यकर्मीहरु विनोद गौतम, मनोज पुन, चोकलाल सापकोटाले सहयोग गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ९ : ०२ बजे

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

नमस्ते नेपालले युवा लक्षित ‘अब के ?’ बहस कार्यक्रम गर्दै

बुटवल । नमस्ते नेपाल रुपन्देहीले तिलोत्तमाममा युवा लक्ष्यित अव के ? नामको बहस कार्यक्रम गर्ने भएको छ । योगीकुटीमा रहेको होटल पौवामा यहि चैत १७ गते शनिवार कार्यक्रम आयोजना गर्ने र युवालाई रोजगारीको बाटो खोल्न र स्वदेशमै राख्ने वातावरण मिलाउने भिजन खोज्न कार्यक्रम गरिने अध्यक्ष मनिष भुषालले जानकारी दिए । कार्यक्रममा पुर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का संघीय संसाद विष्णु पौडेल, संघीय सभा संसाद सन्तोष परियार, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोखरेल, सूचना तथा सञ्चार विज्ञ किरन बज्राचार्य, भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेल लगायतका बक्ताहरुको सहभागीता रहने छ ।  वक्ताहरुले युवालाई स्वरोजगार बनाउन र स्वदेशमै टिकाउने योजना सहितका तरिका वताउने नमस्ते नेपालले जानकारी गराए । कार्यक्रममा देशभरबाट ३ सय जना युवाहरुको सहभागीता हुने अपेक्षा गरिएको संरक्षण तथा संस्थापक अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।  वि.स. २०६८ सालमा बाल क्लवको रुपमा स्थापना भएको नमस्ते नेपालले विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।  कार्यक्रममा प्रदेश युवा परिषदका उपाध्यक्ष गोबिन्द केसी, प्रचार बिभागका प्रमुख बिपिन नेपाल लगायतले आआफ्ना भनाई राखेका थिए ।

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते