४ पुस २०८२, शुक्रबार | December 19, 2025

एकै रात दाङ तुलसीपुरका २ जना कोरोना संक्रमितको बाँकेमा मृत्यु



नेपालगन्ज । दाङको तुलसीपुरबाट उपचारका क्रममा बाँके लगिएका २ जना कोरोना संक्रमितको गयराती मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत तुलसीपुरकै एक-एक जना कोरोना संक्रमितको गयराती मृत्यु भएको हो ।

कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाए अनुसार मंसिर ४ गते भेरी अस्पतालमा भर्ना भएका तुलसीपुर-११ का ४५ वर्षीय पुरुषको गयराती ९ बजे मृत्यु भएको हो । उनलाई रेमडिसिशीर, अक्सिजन, एन्टिबायोटिक लगायतको बिधिबाट उपचार गरिएपनि बचाउन नसकिएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

त्यसैगरि बाँकेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दाङ तुलसीपुरकै ८१ वर्षीय पुरुषको पनि राती १०ः४५ बजे मृत्यु भएको छ । गत मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएपछि मेडिकल कलेजमा भर्ना भएका उनलाई संक्रमितको उपचारमा गरिने सबै बिधिबाट उपचार गर्ने प्रयास गरिएपनि उनको मृत्यु भएको फोकलपर्शन श्रेष्ठले बताए ।

राती भएको मृत्युसंगै जिल्ला बाहिरबाट बाँकेमा उपचारका लागि आएर मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ५ : ५९ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१