७ आश्विन २०८३, बुधबार | September 23, 2026

एकै रात दाङ तुलसीपुरका २ जना कोरोना संक्रमितको बाँकेमा मृत्यु



नेपालगन्ज । दाङको तुलसीपुरबाट उपचारका क्रममा बाँके लगिएका २ जना कोरोना संक्रमितको गयराती मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत तुलसीपुरकै एक-एक जना कोरोना संक्रमितको गयराती मृत्यु भएको हो ।

कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाए अनुसार मंसिर ४ गते भेरी अस्पतालमा भर्ना भएका तुलसीपुर-११ का ४५ वर्षीय पुरुषको गयराती ९ बजे मृत्यु भएको हो । उनलाई रेमडिसिशीर, अक्सिजन, एन्टिबायोटिक लगायतको बिधिबाट उपचार गरिएपनि बचाउन नसकिएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

त्यसैगरि बाँकेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दाङ तुलसीपुरकै ८१ वर्षीय पुरुषको पनि राती १०ः४५ बजे मृत्यु भएको छ । गत मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएपछि मेडिकल कलेजमा भर्ना भएका उनलाई संक्रमितको उपचारमा गरिने सबै बिधिबाट उपचार गर्ने प्रयास गरिएपनि उनको मृत्यु भएको फोकलपर्शन श्रेष्ठले बताए ।

राती भएको मृत्युसंगै जिल्ला बाहिरबाट बाँकेमा उपचारका लागि आएर मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ५ : ५९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११