२३ मंसिर २०८२, मंगलबार | December 10, 2025

इलाममा चियाको अध्ययन तथा परीक्षण केन्द्र निर्माण शुरु



पशुपतिनगर । नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले इलाममा चिया अध्ययन तथा परीक्षण केन्द्र निर्माण शुरु भएको छ ।

सूर्योदय नगरपालिका इलामको २० प्रतिशत र प्रदेश नम्बर १ सरकारको ८० प्रतिशत लगानीमा सो केन्द्र निर्माण शुरु भएको हो ।

रु २३ करोड लगानीमा निर्माण शुरु भएको केन्द्रको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्दै देशभर उत्पादन हुने चिया गुणस्तर जाँच गरी विश्व बजारमा पुर्याइने भएकाले केन्द्रले नेपाली चियाको प्रवद्र्धनमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश नं १ सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले केन्द्रमा प्रदेश सरकारको लगानी भए पनि देशभरको चियाको गुणस्तर जाँच हुने बताए ।

चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णु भट्टराईले केन्द्रबाट चियाको अन्तरराष्ट्रिय बजार विस्तारमा सहयोग पुग्ने बताए । प्रदेशसभा सदस्य काजीमान कागतेले चियाको राजधानी घोषित सूर्योदय नगरपालिकामा निर्माण हुने केन्द्रले इलामको मात्रै नभएर देशभरका चियाखेती गर्ने किसान, उद्योगी र व्यवसायीको मनोबल बढ्ने बताए ।

कन्याम चिया बगानसँगै रहेको ११ रोपनी क्षेत्रफलमा केन्द्र निर्माण हुनेछ । सूर्योदय-७ मा १८ महिनामा केन्द्र निर्माण सम्पन्न भइसक्ने नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : १४ बजे

दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ कार्यक्रम नवीकरण सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्ने नेतृत्वले मुलुकको नेतृत्व गर्न नहुने : उपाध्यक्ष शाक्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले

नेपालगन्जको एउटै अस्पतालमा १७४ नयाँ कुष्ठरोगी फेलापरे

नेपालगन्ज । नेपालगन्जको एउटै अस्पतालमा उपचारका लागि आएका मध्य १७४

‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना