१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

१२ बर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने अभियुक्त फरार



डोटी । बझाङकी १२ वर्षीया बालिका सम्झना विकलाई बलात्कार पछि हत्या गरेको अभियोगमा बालसुधार केन्द्र डोटीमा बन्दी रहेका १६ बर्षीय किशोर भागेका छन् ।

बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा बन्दी रहेका १६ वर्षीय राजेन्द्र बोहोरा भागेको डोटी प्रहरीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर मल्लले बताए ।

अभियुक्त बोहरालाई कोराना संक्रमण देखिएपछि बाल सुधार गृहबाट अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । अभियुक्त बोहोरा बिहीबार राती आईसोलेसनबाटै बोहोरा भागेका हुन् । फरार बोहराको खोजी कार्य तिव्र रुपमा भई रहेको डोटी प्रहरीले जनाएको छ ।

बोहोरा गत असोजमा बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत बझाङले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । तर उमेर कम भएका कारण बोहोरालाई बाल सुधार गृहमा राख्नु पर्ने भएपछि प्रादेशिक सुधार केन्द्रको रुपमा रहेको डोटीस्थित बाल सुधार केन्द्रमा राखिएको थियो ।

सम्झना कामीको गत असोज ९ गते स्थानीय सिममाडौं मन्दिरभित्र लगेर उनको बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले बोहोरालाई नियन्त्रणमा लिएको थियो । सम्झनाको शव मन्दिर परिषरमा भेटिएको थियो भने उनले बोकेको नाम्लो र डोको मन्दिरभन्दा करिब सय मिटर तलको खोंचमा फालिएको अवस्थामा भेटिएको थियो । घटना घट्नु अघि पनि बोहरोले सम्झानालाई जिस्काउने, पछिलाग्ने र धम्काउने गरेको परिवारका सदस्यको बयानका आधारमा बाहोरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आमाबाबु चार वर्षदेखि भारतको बेंग्लोरमा रहेकाले बाजे बज्यैसँग बस्दै आएकी सम्झना गोठमा गाईवस्तुलाई घाँस हाल्न गएको बेला बलात्कार गरी हत्या गरिएको प्रहरीले आशंका गरेको छ ।

बोहोराले सम्झनाको हत्या गर्नु पूर्व मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको थियो । सो घटनामा गाउँमै मिलापत्र गराउने ८ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो। उनीहरु धरौटीमा छुटेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ५५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले