२८ भदौ २०८३, आइतबार | September 13, 2026

१२ बर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने अभियुक्त फरार



डोटी । बझाङकी १२ वर्षीया बालिका सम्झना विकलाई बलात्कार पछि हत्या गरेको अभियोगमा बालसुधार केन्द्र डोटीमा बन्दी रहेका १६ बर्षीय किशोर भागेका छन् ।

बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा बन्दी रहेका १६ वर्षीय राजेन्द्र बोहोरा भागेको डोटी प्रहरीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर मल्लले बताए ।

अभियुक्त बोहरालाई कोराना संक्रमण देखिएपछि बाल सुधार गृहबाट अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । अभियुक्त बोहोरा बिहीबार राती आईसोलेसनबाटै बोहोरा भागेका हुन् । फरार बोहराको खोजी कार्य तिव्र रुपमा भई रहेको डोटी प्रहरीले जनाएको छ ।

बोहोरा गत असोजमा बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत बझाङले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । तर उमेर कम भएका कारण बोहोरालाई बाल सुधार गृहमा राख्नु पर्ने भएपछि प्रादेशिक सुधार केन्द्रको रुपमा रहेको डोटीस्थित बाल सुधार केन्द्रमा राखिएको थियो ।

सम्झना कामीको गत असोज ९ गते स्थानीय सिममाडौं मन्दिरभित्र लगेर उनको बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले बोहोरालाई नियन्त्रणमा लिएको थियो । सम्झनाको शव मन्दिर परिषरमा भेटिएको थियो भने उनले बोकेको नाम्लो र डोको मन्दिरभन्दा करिब सय मिटर तलको खोंचमा फालिएको अवस्थामा भेटिएको थियो । घटना घट्नु अघि पनि बोहरोले सम्झानालाई जिस्काउने, पछिलाग्ने र धम्काउने गरेको परिवारका सदस्यको बयानका आधारमा बाहोरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आमाबाबु चार वर्षदेखि भारतको बेंग्लोरमा रहेकाले बाजे बज्यैसँग बस्दै आएकी सम्झना गोठमा गाईवस्तुलाई घाँस हाल्न गएको बेला बलात्कार गरी हत्या गरिएको प्रहरीले आशंका गरेको छ ।

बोहोराले सम्झनाको हत्या गर्नु पूर्व मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको थियो । सो घटनामा गाउँमै मिलापत्र गराउने ८ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो। उनीहरु धरौटीमा छुटेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ५५ बजे

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।