१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोरोना खोपमा सबै देश र जनताको पहुँच हुनुपर्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी संकटमा बन्दै गरेका जीवन रक्षक खोपहरुमा सबै मुलुक र जनताको सहज पहुँच हुनपर्ने बताएका छन् ।

कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले बन्दै गरेका खोपलाई नाफाको रुपबाट मात्रै हेर्न नहुने बताए । ओलीले भने, ‘मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन सक्दैन्।’

कोभिड–१९ लाई केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । महासभालाई भिडियो सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले कोभिड १९ सम्बन्धी खोपहरुमा विश्वव्यापी पहुँच हनुपर्ने बताउँदै सबै मुलुक र जनताका लागि ती खोपहरु उपलब्ध हुनुपर्ने बताए छ ।

विश्वभर खोपको उपलब्धता नभएसम्म विश्व महामारीबाट सुरक्षित हुन नसक्ने ओलीले बताए । उनले विश्व स्वास्थ्य संगठनको कोभाक्सले कोरोना खोप विश्वका सबै देश र जनताको पहुँचमा पुरयाउन गरिरहेको पहलको स्वागत समेत गरेका छन् ।

चीन, अमेरिका, बेलायत, रुस लगायतका देशका कम्पनीहरुले कोरोना भाइरसको खोपको परीक्षण गरिरहेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : १६ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।