१० भदौ २०८३, बुधबार | August 27, 2026

कोरोना खोपमा सबै देश र जनताको पहुँच हुनुपर्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी संकटमा बन्दै गरेका जीवन रक्षक खोपहरुमा सबै मुलुक र जनताको सहज पहुँच हुनपर्ने बताएका छन् ।

कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले बन्दै गरेका खोपलाई नाफाको रुपबाट मात्रै हेर्न नहुने बताए । ओलीले भने, ‘मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन सक्दैन्।’

कोभिड–१९ लाई केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । महासभालाई भिडियो सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले कोभिड १९ सम्बन्धी खोपहरुमा विश्वव्यापी पहुँच हनुपर्ने बताउँदै सबै मुलुक र जनताका लागि ती खोपहरु उपलब्ध हुनुपर्ने बताए छ ।

विश्वभर खोपको उपलब्धता नभएसम्म विश्व महामारीबाट सुरक्षित हुन नसक्ने ओलीले बताए । उनले विश्व स्वास्थ्य संगठनको कोभाक्सले कोरोना खोप विश्वका सबै देश र जनताको पहुँचमा पुरयाउन गरिरहेको पहलको स्वागत समेत गरेका छन् ।

चीन, अमेरिका, बेलायत, रुस लगायतका देशका कम्पनीहरुले कोरोना भाइरसको खोपको परीक्षण गरिरहेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : १६ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट