१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

‘प्रचण्ड’ फकाउन ईश्वर पोखरेल खुमलटारमा



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष प्रचण्ड फकाउने प्रयासलाई निरन्तरता दिएका छन् ।

प्रचण्डको प्रस्तावको काउण्टर जवाफबाट प्रचण्ड नगलेपछि ओलीले सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई अध्यक्ष प्रचण्ड भेटन खुमलटार पठाएका छन् ।

उपप्रधानमन्त्री पोखरेल शुकबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

अध्यक्ष प्रचण्ड र पोखरेलबीच केहीबेर कुराकानी भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पुष्टि गरे। जुगलले दुईजनाका बीच के विषयमा कुरा भयो भन्ने जानकारी भने दिएनन् ।

स्रोतका अनुसार पोखरेलले दुबै अध्यक्षको प्रस्तावलाई फिर्ता गरेर नयाँ संयुक्त प्रस्ताव बनाउने प्रस्ताव प्रचण्डलाई राखेका थिए ।

मंसिर १७ गतेको सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित भएका थिए। २० गतेका लागि बोलाइएको सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच सहमति गराउन अध्यक्ष एवं प्रधानमन्त्री ओली निकट नेताहरूले सक्रियता देखाएका छन्।

बिहीबार ओली निकट स्थायी समिति सदस्य सुवास नेम्वाङले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १ : ३३ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय