६ श्रावण २०८३, बुधबार | July 22, 2026

सनराइज बैंक र सानीभेरी गाउँपालिका बीच सम्झौता, बैंकले कृषि तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने



काठमाडौं । सनराइज बैंक र सानीभेरी गाउँपालिका बीच सम्झौता भएको छ । बैक र पश्चिम रुकुमको सानीभेरी गाउँपालिकाबीच कृषि तथा सहुलियतपूर्ण कर्जा दिने विषयमा सम्झौता भएको हो ।

सनराइज बैंक लिमिटेडको केन्द्रीय कार्यालय गैह्रीधारामा भएको उक्त हस्ताक्षर कार्यक्रम सानीभेरी गाउँपालिकाद्वारा अनुरोध/सिफारीस गरिएका संभाब्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा रुकुम (पश्चिम) का सभासद श्री जनार्दन शर्मा, बैंक संचालक समितीका अध्यक्ष श्री मोतीलाल दुगड तथा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको समुपस्थितीमा भएको हो ।

यस सम्झौता पश्चात् सानीभेरी गाउँपालिकाद्धारा सिफारिस गरिएका सम्पूर्ण योग्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई आवश्यक सल्लाह उपलब्ध गराउने र ब्याज अनुदान कर्जा लगानी गर्ने सम्बन्धमा दुवै पक्ष सहमत भएका छन् ।

समझदारीपत्रमा सन्राइज बैंक लिमिटेडका तर्फबाट अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा बिभागका प्रमूख श्री दिपक पण्डित तथा सानीभेरी गा.पा.का तर्फबाट अध्यक्ष श्री नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रका मुख्य बुदाँहरु :

१ सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधी, २०७५ (संशोधन समेत) कार्यान्वयनका लागि उद्यम तथा ब्यवसाय गर्न चाहने समुहलाई परामर्श र उद्यमशलिता सम्बन्धी आवश्यक तालिमको ब्यवस्थापन गर्ने र तालिम प्राप्त कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाको लागि बैंक समक्ष सिफारिस गर्ने ।

२  गाउँपालिकाले सिफारिस गरेर प्रवाह भएको कर्जाहरुको असुलीमा समस्या भएमा कर्जा असुली गर्न गाउँपालिकाले बैंकलाई आवश्यक सहयोग गर्नेछ ।

३ कर्जा जोखिम न्युनिकरणका लागि बैंक मार्फत कर्जा लिएका समुहको व्यवसाय प्राकृतिक प्रकोप विपदजन्य घटनाहरुका कारण क्षति भई ऋणीले ऋण तिर्न नसक्ने अवस्थाका लागि गाउँपालिकाले एक जोखिम न्युनिकरण कोषको स्थापना गर्नेछ ।

४ बैंकले कर्जा लगानी गरेका ग्राहकलाई एस. एम. एस. लगायतका अन्य प्रकारका सुविधालाई प्राथमिकता दिदै छुट समेतको व्यवस्था गर्नेछ ।

 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ३ : ३३ बजे

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक