१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० शैयाको आकस्मिक कक्ष कक्ष निर्माण गरिने



कास्की । गण्डकी प्रदेशको सबैभन्दा ठूलोे सरकारी अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० शैयाको आकस्मिक कक्ष निर्माण गरिने भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सो अस्पतालमा हाल सञ्चालित २५ शैयाको आकस्मिक कक्षको स्तरवृद्धि गरी ५० शैयाको छुट्टै ब्लक निर्माण गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आकस्मिक कक्ष निर्माणका लागि रु नौ करोड बजेट अख्तियारी प्राप्त भएकाले निर्माण प्रक्रिया शुरु गरिएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

भवन निर्माणका लागि बजेट तथा डिजाइन तयार भइसकेकाले यही महिनाभित्रमै बोलपत्र आह्वान गरिने अस्पतालले जनाएको छ । अब निर्माण हुने आकस्मिक कक्ष सुविधा सम्पन्न हुने बताएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ७ : १३ बजे

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर

वर्षायाममा किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौँ । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि