२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

संक्रमण बढेसंगै बैतडीका स्थानीय तहका दुई विद्यालय पुनः बन्द



बैतडी । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीका दुई स्थानीय तहमा सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन् । ‘

जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाका विद्यालय पुनः बन्द भएका हुन् ।

कोरोना सङ्क्रमण फैलन नदिने यी दुवै स्थानीय तहमा लकडाउन घोषणा गरेकाले विद्यालय पुनः बन्द भएका हुन् ।

दशरथचन्द नगरपालिकाकाले मङ्सिर २२ गतेसम्म लकडाउन गरेकाले विद्यालय पनि बन्द रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए ।

उनले भने, ‘दुई दिन सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन् ।’ यस्तै डिलाशैनी गाउँपालिकाले पनि मङ्सिर २६ गतेसम्मका लागि लकडाउन गरेको छ ।

लकडाउन गरेकाले गाउँपालिकाभित्रका विद्यालय बन्द भएका प्र्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले बताए । जिल्लाका अन्य आठ वटा स्थानीय तहहरुमा शिक्षण सिकाइ निर्देशिका २०७७ अनुसार विद्यालय सञ्चालनमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए ।

उनले भने, ‘जोखिम कम भएका स्थानीय तहका विद्यालयमा पठनपाठन भइरहेको छ ।’ बैतडीमा हालसम्म ५७० मा सङ्क्रमण देखिएको छ ।

सङ्क्रमितमध्ये ६५ जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका कोभिड-१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ४२ जना रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा १६, पाटन नगरपालिका चार, पुर्चौंडी नगरपालिकामा दुई र दोगडाकेदार गाउँपालिकामा एक जना सक्रिय सङ्क्रमित रहेका छन् । रासस

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ८ : ५१ बजे

मादी नदीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न पर्वतारोहण सङ्घलाई आग्रह

काठमाडौं । पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ । पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९

अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

बेइजिङ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा