३ पुस २०८२, बिहिबार | December 18, 2025

नेकपा सचिवालय बैठक आज दिउसो १ बजे बस्दै



काठमाडौं । सत्तारुढ दल नेकपाकाे सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

यसअघि गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग-अलग डकुमेन्टमाथि छलफल हुने कार्यसूची रहेको छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकल प्रस्ताव पेस गरेका थिए ।

त्यसपछि दश दिनका लागि स्थगित भएर बसेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका थिए ।

यसबीचमा दुवै पक्षले आआफ्नै तयारी र रणनीति बनाएका छन् । ओली पक्ष केहि दिन अनौपचारिक छलफल गरेर निर्णायक बैठक बस्ने रणनीतीमा छ ।

यता, प्रचण्ड पक्षका बहुमत सदस्यहरु ओली उपस्थित नभए पनि शनिबारको बैठक बस्ने र पहिलेदेखि छलफलमा रहेका प्रस्तावहरुलाई अघि बढाउने तयारीमा रहेको देखिन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रचण्ड र ओलीसँग अलग-अलग छलफल गरेर सहमतिको प्रयास गरेकी थिइन् । उनले विवाद वार्तामार्फत् सुल्झाउन दुवै पक्षलाई सुझाव दिएको बुझिन्छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १० : ३३ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन