२ पुस २०८२, बुधबार | December 18, 2025

नेकपा सचिवालय बैठक सकियो, दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चार घन्टाभन्दा लामो सचिवालय बैठक भर्खरै सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे चार घन्टाको छलफलपछि बैठक सकिएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले अध्यक्षद्वयका बैठकमा प्रस्तुत भएका प्रस्ताव स्थायी कमिटी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

सचिवालयको शनिबार बसेको बैठकले पूर्व निर्धारित समयअनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा अध्यक्षद्वयका प्रस्तावमा छलफल भएको र सचिवालयमा प्रस्तुत प्रस्तावलाई छलफलका लागि स्थायी कमिटी बैठकमा लैजाने निर्णय भएको जानकारी दिए ।

त्यस्तै सहमति कायम गर्नका लागि आवश्यक परेमा स्थायी कमिटीको बैठककै समयमा पनि छलफललाई निरन्तरता दिने निर्णय भएको श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ४ : ५९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल