१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

भक्तपुरमा कार दुर्घटना गराएर कार चालक फरार, गम्भीर घाईते अवस्थामा फेला परेकी युवतीको मृत्यु



काठमाडौं । दुर्घटनाग्रस्त अवस्थामा फेला परेको कारमा एक युवतीको शव फेला परेको छ। भक्तपुरको कौशलटारमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको कार भित्र गम्भीर घाईते अवस्थामा फेला परेकी करिब २५ वर्षीया युवतीको अस्पताल पु-याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो समाचार तयार पार्दा सम्म मृतक युवतीको सनाखत हुन सकेको छैन ।

मध्यपुरथिमि नगरपालिका ३ कौशलटारमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको बा ८ च ४७५६ नम्बरको कार बाहिर गम्भीर घाइते अवस्थामा ती युवती फेला परेकी थिईन् । उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा भक्तपुरले जनाएको छ।

भक्तपुरबाट काठमाडौं तर्फ आउँदै गरेको अवस्थामा मध्यराती १ बजेको समयमा उक्त कार सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार कार चालक तथा कारमा रहेको सवारी संख्याका बिषयमा अझै पत्ता लाग्न सकेको छैन ।

दुर्घटनापछि चालकसहित अन्य यात्रु भागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएके छ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ०१ बजे

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित