७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बुटवलको सुख्खानगरमा खाग तस्कर र प्रहरी बीच पेस्तोल खोसाखोस, पेस्तोल पड्केर एकजना घाईते



बुटवल । बुटवलको सुख्खानगरमा गैडाको खाग तस्कर र प्रहरीका बीच पेस्तोल खोसाखोस हुँदा पेस्तोल पड्केर एकजना खाग तस्कर घाईते भएका छन् ।

सुख्खानगरस्थित कलश होटलमा खाग सहित तस्करहरु बसेको सुचनाका आधारमा शादा पोशाकका प्रहरी पुग्दा तस्करहरुले प्रहरीको पेस्तोल खोस्नेक्रममा पेस्तोल पड्केर एकजना घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरीको पेस्तोलको गोली लागेर तस्कर समूहका काठमाडौं बसन्तपुरका राकेश न्यौपाने घाईते भएका छन् । उनको यूनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

प्रहरीले अन्य २ जनालाई पक्राउ गरेको छ । तस्कर समूहका १ जना फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमा भक्तबहादुर थापा र कर्णबहदुर रावत रहेका छन् । सुर्खेतमा कर्णबहादुर रावत छन् भने भक्त बहादुर थापाको ठेगाना खुलेको छैन । उनीहरुबाट प्रहरीले गैडाको खाग बरामद गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न एक जना फरार रहेका छन् ।

चितवनमा लगातार गैडा मारिने क्रम बढेपछि प्रहरीले गैडाको खाग तस्कर गर्ने समूहको पहिचान गरि खोजिकार्यलाई तिब्र बनाएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ५७ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा