४ बैशाख २०८१, मंगलबार | April 16, 2024

राष्ट्रिय परिचयपत्र वितरण सुरु



कर्णाली । सुर्खेतबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त प्रमाणपत्र वितरण शुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पहिलो परिचयपत्रमा नाम समावेश गरेर सेवाको शुभारम्भ गरेका हुन् । विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने गरी सरकारले यसको शुरुवात गरेको हो ।

प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पद्मलाल लामिछानेले सुर्खेतमा पहिलो पटक लागू भएको राष्ट्रिय परिचय नम्बरसहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्रको सेवा शुरु गरिएको जानकारी दिए ।

राष्ट्रिय परिचयपत्रले व्यक्तिगत घटनाहरु जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्धविच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापनलगायत पञ्जीकरणसम्बन्धी कार्य गर्न थप सहज हुने उनको भनाइ छ ।

‘राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरी नागरिकका सूचना वा विवरणहरु एकीकृत रुपमा राख्ने र यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधामा समावेश गर्नमा मद्दत पुग्नेछ’, प्रशासकीय अधिकृत लामिछानेले भने, ‘यसबाट प्राप्त तथ्याङ्क/अभिलेखलाई नीति तथा योजना निर्माणमा प्रयोग गर्न सकिन्छ ।’

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : ३६ बजे

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई बिशेष छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको अवलोकन भ्रमण

२ सय ७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई

बुटवलको सिद्धार्थ कटेजलाई थ्रि स्टार स्टीकर प्राप्त

बुटवल । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिद्धारा संचालित बुटवलको

सुदूरपश्चिममा एकीकृत समाजवादीको यूटर्न, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

धनगढी । सुदूरपश्चिममा एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको

कतारले साउदी अरेबियालाई हराएपछि नेपाल बन्यो समुह विजेता

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित