१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एक्सरे गर्न जाजरकोट आउने दिनको अन्त्य



जाजरकोट । वर्षौदेखि एक्सरे गर्नका लागि डोल्पाको सदरमुकाम दुनै वा जाजरकोट सदरमुकाम आउनुपर्ने मुड्केचुलावासीको दुःख अन्त्य भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा एक्सरे र ल्याव सेवा शुरु भएपछि वर्षौदेखिको दुःख हटेका हुन् ।

नौ वडा रहेको मुड्केचुलामा बीचभागमा पर्ने राजिकम्दस्थित स्वास्थ्य संस्थामा स्वास्थ्य सहायक र सिनियर अहेवकै भरमा दिनरात स्वास्थ्य सेवा प्रवाह भएपछि सर्वसाधारण खुशी भएका छन् ।

गाउँपालिकाले स्वास्थ्यकर्मीलाई आफ्नै लगानीमा तालीम तथा अन्य उपकरण उपलब्ध गराएपछि दैनिक गर्भ जाँचदेखि अन्य सेवा प्रभावकारी देखिएको स्थानीयवासी जगबहादुर सिंहले बताए । गाउँपालिकाले भर्खरै मात्र पाँच श्ययाको अस्पताल निर्माण कार्य शुरु गरेको छ ।

रुकुम, जुम्ला, जाजरकोट र डोल्पाको सिमानामा जोडिएको मुड्केचुला गाउँपालिकाको नौ वटा वडामा अन्य सेवा विस्तार गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

गाउँमै स्वास्थ्य सेवा प्रभावकारी भएपछि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सुरक्षित रुपमा सुत्केरी गराउने दरसमेत बढेको छ । गाउँपालिकाको तर्फबाट स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई कुखुरा, शुद्ध पानी पिउने फिल्टर र पोसिलो खानेकुरा उपलब्ध गराइएको अध्यक्ष शाहीले बताए ।

फोन सेवा भरपर्दो नभएको मुड्केचुलामा गाउँमा बिरामी हुँदा वा महिलालाई परेको समस्या समाधान गर्न स्वयंसेविकालाई परिचालन गरिएको छ । रासस

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : ४० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान