७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

आजको मौसम : सामान्यतया सफा, केही स्थानमा आंशिकदेखि सामान्य बदली



काठमाडौं । हाल भारतको झारखण्ड र आसपासको क्षेत्रमा न्युन चापीय प्रणाली कायम रहेको छ ।

हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूको मौसममा आंशिक बदली रहेको छ ।

देशका बाँकी स्थानहरुको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

प्रदेश २ र प्रदेश ५ को मौसममा आंशिक बदली रहने देखिन्छ । देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै प्रदेश नं १ को पहाडी भू-भागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

त्यस्तै प्रदेश नं २ र लुम्बीनी प्रदेशको मौसममा आंशिक बदली हुने सम्भावना छ । देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ का पहाडी भू-भागका एक, दुई स्थानमा हल्का वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : ४९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल