५ पुस २०८२, शनिबार | December 20, 2025

दार्चुलामा ट्रक दुर्घटना हुदा तीनजनाको घट्नास्थलमै मृत्यु



दार्चुला । दार्चुलामा गएराती ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गोकुलेश्वरबाट सदरमुकाम खलंगा तर्फ गैरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका १ भर्तोला भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदमबहादुर विष्टले जानकारी दिएका छन ।

दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक २४ वर्षीय शेर सिंह कार्कीको परिचय खुलेको छ भने बाँकी दुई जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

गएराति १० बजे ट्रक दुर्घटनामा परेको खबर प्रहरीलाई आएपछि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरिएको थियो ।

प्रहरी टोलीले आज विहान तीन बजे उद्धार गरि शवहरु जिल्ला अस्पताल पुर्याइएको डिएसपी विष्टले बताए । ट्रक सडकबाट झण्डै १२० मिटर तल खोल्सामा खसेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : ४२ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य