२१ मंसिर २०८२, आइतबार | December 7, 2025

१३ वर्षमा पनि पुरा भएन धौलागिरी अस्पताल स्तरउन्नतीको काम, काम नसकिंदै दुई पटक उदघाटन



बागलुङ । सरकारले देशैभर आधारभूत अस्पताल बनाउन एकसाथ अस्पताल भवनको शिलान्यस गरिरहँदा २०६४ सालबाट स्तर उन्नती गर्न थालिएको बागलुङको धौलागिरी अस्पतालको कार्य सम्पन्न नहुंदै राजनीतिकदलका २ जना नेताले उदघाटन गरेर शिलालेख झुण्डाईसकेका छन् ।

३ वटा नयाँ ब्लक सहित सुबिधासम्पन्न अस्पतालकारुपमा स्तर उन्नती गर्न भन्दै १३ बर्ष अघि शुरूवात भएको धौलागिरि अस्पतालको २ वटा ब्लक मात्र तयार भएको छ । कामको जिम्मेवारी लिएको ठेकेदार कम्पनीले पटक पटक म्याद थप्दै काम नगर्दै बस्न थालेपछि अस्पतालकोबाँकी काम अलपत्र परेको छ ।

धौलागिरि अस्पतालको सि ब्लकको सुविधा सम्पन्न भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण काम शुरू गरेको १३ बर्ष बितिसक्दा समेत कामले गति लिन नसकेको अस्पताल ब्यवस्थापन समितिले आरोप लगाएको छ । ठेकेदार कम्पनीकै लापरवाही र गैरजिम्मेवारपनले समयमा काम सम्पन्न नभएको समितिका सदस्य शालिकराम शर्माले बताए । आशिष, मिलिनियम, भिम ज्योती निर्माण कम्पनीले अस्पतालको भवन बनाउने ठेक्का लिएको थियो ।

भवन डिभिजन कार्यालय मार्फत अन्तिम पटक २०७७ मंसिर २३ गतेसम्मको लागि म्याद थप गरे पनि काम सम्पन्न नहुने निश्चित भएको छ । तीनवटा भवन निर्माण गर्ने गरि सुरु गरिएको परियोजना अन्तर्गत पहिलो भवन तयार भएर तत्कालिन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले २०६९ साल मंसिर १३ गते उदघाटन गरेका थिए भने अस्पतालको बि ब्लक भवनको २०७६ असोज १४ गते गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवीपुनले उदघाटन गरेकी थिईन् । एउटै परियोजनाको भवनलाई किस्ताबन्दीमा २ चरणमा उदघाटन गरिसकिएको छ भने एउटा भवन कहिले बन्ने हो त्यसको टुङ्गो लागेको छैन ।

 

 

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १० : ४५ बजे

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही