११ भदौ २०८३, बिहिबार | August 27, 2026

१३ वर्षमा पनि पुरा भएन धौलागिरी अस्पताल स्तरउन्नतीको काम, काम नसकिंदै दुई पटक उदघाटन



बागलुङ । सरकारले देशैभर आधारभूत अस्पताल बनाउन एकसाथ अस्पताल भवनको शिलान्यस गरिरहँदा २०६४ सालबाट स्तर उन्नती गर्न थालिएको बागलुङको धौलागिरी अस्पतालको कार्य सम्पन्न नहुंदै राजनीतिकदलका २ जना नेताले उदघाटन गरेर शिलालेख झुण्डाईसकेका छन् ।

३ वटा नयाँ ब्लक सहित सुबिधासम्पन्न अस्पतालकारुपमा स्तर उन्नती गर्न भन्दै १३ बर्ष अघि शुरूवात भएको धौलागिरि अस्पतालको २ वटा ब्लक मात्र तयार भएको छ । कामको जिम्मेवारी लिएको ठेकेदार कम्पनीले पटक पटक म्याद थप्दै काम नगर्दै बस्न थालेपछि अस्पतालकोबाँकी काम अलपत्र परेको छ ।

धौलागिरि अस्पतालको सि ब्लकको सुविधा सम्पन्न भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण काम शुरू गरेको १३ बर्ष बितिसक्दा समेत कामले गति लिन नसकेको अस्पताल ब्यवस्थापन समितिले आरोप लगाएको छ । ठेकेदार कम्पनीकै लापरवाही र गैरजिम्मेवारपनले समयमा काम सम्पन्न नभएको समितिका सदस्य शालिकराम शर्माले बताए । आशिष, मिलिनियम, भिम ज्योती निर्माण कम्पनीले अस्पतालको भवन बनाउने ठेक्का लिएको थियो ।

भवन डिभिजन कार्यालय मार्फत अन्तिम पटक २०७७ मंसिर २३ गतेसम्मको लागि म्याद थप गरे पनि काम सम्पन्न नहुने निश्चित भएको छ । तीनवटा भवन निर्माण गर्ने गरि सुरु गरिएको परियोजना अन्तर्गत पहिलो भवन तयार भएर तत्कालिन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले २०६९ साल मंसिर १३ गते उदघाटन गरेका थिए भने अस्पतालको बि ब्लक भवनको २०७६ असोज १४ गते गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवीपुनले उदघाटन गरेकी थिईन् । एउटै परियोजनाको भवनलाई किस्ताबन्दीमा २ चरणमा उदघाटन गरिसकिएको छ भने एउटा भवन कहिले बन्ने हो त्यसको टुङ्गो लागेको छैन ।

 

 

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १० : ४५ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक