७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

आजको मौसम : पूर्वी पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना, बाँकी स्थानको मौसम सफा



काठमाडौं । हाल भारतको झारखण्ड र त्यस आसपासको क्षेत्रमा न्युन चापीय प्रणाली कायम रहेको छ । हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै देशका बाँकी स्थानहरुको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश २ मा आंशिक बदली रहने देखिन्छ । देशका बाँकी स्थानको मौसम सामान्यतया सफा रहने सम्भावना रहेको छ ।

प्रदेश नं १ को पहाडी भू-भागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ६ : ३७ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा