२३ बैशाख २०८१, आइतबार | May 5, 2024

आज सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिँदै



काठमाडौं । सरकारले आज विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्दैछ ।

नेपालको आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक नापिएको सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिने नापी विभागले जनाएको छ ।

दुई वर्षअघिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक हुँन लागेको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आउँदा सगरमाथाको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने घोषणा भएको थियो ।

दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ । यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो ।

आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको नापी विभागले जनाएको छ । भारतले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ७ : २६ बजे

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय