७ चैत्र २०८२, शनिबार | March 21, 2026

रुपन्देही प्रहरीको नजर लगातार गोरुका पछाडी !



बुटवल । रुपन्देही प्रहरीले १२१ वटा गोरु सहित ५ जनालाई नियन्त्रणमा लिएको ३ दिन पछि पुनः ३० वटा गोरु सहित २ जनालाई पक्राउ गरेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको बाटो हुँदै पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले गारु सहित २ जनालाई पक्राउ गरेको हो ।

लुम्बिनी साँस्कृतिक नगरपालिका ६ तेनुहवाबाट ना ७ ख १८३३ नम्बरको ट्रकमा लोड गरेर पूर्व तर्फ लैजाँदै गरेको अवस्थामा ३० वटा गोरु, १ थान ट्रक सहित ट्रक चालक खान मजिफुल अलि तथा सहचालक मुस्तफा अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

नियन्त्रणमा रहेका गोरु र पक्राउ परेका २ जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया भैरहवा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : १९ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका