३२ असार २०८३, बिहिबार | July 16, 2026

सेनाले बनाएको ट्रष्टमा पालिकाको हाटबजार



बुटवल । नेपाली सेनाले रुपन्देहीको मर्चवारमा बनाएको ट्रष्टघरमा गाँउपालिकाले हाटबजार संचालन गर्ने भएको छ । नेपाली सेनाको गरुडदल गणले निर्माण गरेको ट्रष्टघरमा मर्चवारी गाँउपालिकाले हाट बजार संचालन गर्न थालेको हो ।

नेपाली सेनाको सामाजिक(आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत गरुडदल गणले मर्चवारीको महुवारीमा व्यवस्थित हाटबजारका लागि ट्रष्टघर निर्माण गरेको नेपाली सेनाले जनाएको छ । सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सो ट्रष्टघर निर्माण गरिएको सेनाले प्रकाशन गरेको बिज्ञप्तिमा उल्लेख छ ।

उक्त ट्रष्टघरलाई नेपाली सेनाको २२ नम्बर बाहिनी अड्डाका बाहिनीपति सुदर्शन सिलवालले एक कार्यक्रमका बीच मर्चवारी गाँउपालिकाका अध्यक्ष केशवानन्द बनियालाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बाँनियाले नेपाली सेनाको यस प्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत सेनासँग सहकार्यको अपेक्षा गरेका थिए ।

नव निर्मित हाटबजार घरबाट करिब ४,००० स्थानीय व्यक्ति लाभान्वित हुने सेनाले अपेक्षा गरेको उल्लेख गर्दै सेनाको बिज्ञप्तिमा नेपाली सेना सिमित साधन स्रोतको बाबजुद स्थानीय जनताको आवश्यकता पुरा गर्न सदैव प्रयत्न शिल रहेको जनाएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ४२ बजे

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक