९ पुस २०८२, बुधबार | December 24, 2025

सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो



काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई बढेको छ ।

हालसम्म रहेको सगरमाथाको उचाई ०.८६ मिटर बढेको हो । नेपाल र चीनले मंगलबार संयुक्त घोषणा गर्दै सगरमाथाको उचाई ०.८६ मिटर बढेको घोषणा गरेका हुन् ।

काठमाडौं र बेइजिङबाट संयुक्त रुपमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाईको घोषणा गरेका हुन् । चिनियाँ विदेशमन्त्री वाङ यीले मन्त्री ज्ञवालीको सम्बोधन लगत्तै सगरमाथाको सोही उचाईलाई चीनको तर्फबाट घोषणा गरेका छन् ।

नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, भूमी व्यवस्थामन्त्री पद्माकुमारी अर्याल लगायतका सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल र चीनका फिल्ड सर्वेक्षकहरुले सगरमाथाको अलगअलग सर्वेक्षण गरेका थिए । नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । पछि चिनियाँ प्राविधिकहरुसँग संयुक्त छलफल भएपछि निकालिएको सगरमाथाको उचाईलाई दुवै देशको सरकारले स्वीकृत गरेका थिए ।

गत मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाई सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।

चीनमा चोमोलोङमा र बाँकी विश्वले माउन्ट एभरेष्ट भनेर चिन्ने सगरमाथाको पहिलो उचाई भारतले सन् १९५५ मा मापन गरेको थियो । सोही आधारमा अहिलेसम्म ८ हजार ८४८ मिटरलाई सगरमाथाको उचाई मानिँदै आएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  २ : १५ बजे

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी