३ चैत्र २०८२, मंगलबार | March 18, 2026

राम्रा कामहरु देख्न नसक्नेले केही भएन भनेर हल्ला मच्चाए : मुख्यमन्त्री शंकर पोखरेल



बुटवल । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेले देशमा कम्युनिष्ट पार्टी (नेकपा)को सरकार आइसकेपछि बिकास निर्माणका कामहरुले फड्को मारेको दाबी गरका छन् । रुरु धार्मिक तथा पर्यटकिय क्षेत्र रिडी धाममा रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको मंगलबार शिलन्यास गर्दै मन्त्री पोखरेले राम्रा कामहरु देख्न नसक्नेले केही भएन भनेर हल्ला मच्चाएको आरोप लगाए । सरकारले गरेका राम्रा कामहरुलाई उल्लेख पनि गर्न नचाहने केही शक्तिहरु लागेको भन्दै तथ्यमा आधारित भएर बोल्न समेत उनले आग्रह गरे ।

प्रदेश सरकार प्रदेशका नागरिकहरुलाई समृद्ध बनाउन लागि परेको भन्दै प्रदेशले बिभिन्न योजनाहरु बनाएको बताए ।प्रदेश सरकारले ब्यबसायीक रुपमा उद्यम गर्नेहरुका लागि बैंकको ब्याजमा अनुदान दिने योजना ल्याएको बताए । त्यसका लागि दीर्घकालिन रुपमा ब्यबसाय गर्न पनि प्रदेशका नागरिकहरुलाई उनले आग्रह गरे ।

यस्तै लुम्बिनी प्रदेशका उद्योग ,पर्यटन बन तथा बातावरण मन्त्री लीला गिरीले पर्यटन क्षेत्रको बिकासका लागि प्रदेश सरकार साथमै रहेको बताए ।

केन्द्र सरकार र प्रदेश सरकारको समपुरक कोशमार्फत आर्थिक बर्ष २०७६ । ७७ मा बोलपत्र गरी ३४ करोड २० लाख ६० हजार ६३९ रुपैयाँ ६९ पैसामा भू तथा जलाधार ब्यबस्थापन कार्यालय पाल्पा र सगुन शर्मा जेभी बुटवल बिच सम्झौता भएको हो । २०७७ जेठ ११ गते सम्झौता भई २०७९ साल मङसिर १० गते भित्रै कार्य सम्पन्न गर्नुपर्नेछ । नदी क्षेत्रमा कुल २ हजार ८२० मिटर लम्बाई , सात मिटर उचाई रहेको आरसिसी टेवा पर्खाल निर्माण गरिने छ भने ऋषिकेश मन्दिर क्षेत्रमा २८८ मिटरको सिँढी (प्याराफिट) निर्माण गरिनेछ ।

कार्यक्रममा पाल्पा र गुल्मी क्षेत्रका जनप्रतिनिधि , राजनीतक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : १८ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड