२४ बैशाख २०८१, सोमबार | May 6, 2024

राम्रा कामहरु देख्न नसक्नेले केही भएन भनेर हल्ला मच्चाए : मुख्यमन्त्री शंकर पोखरेल



बुटवल । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेले देशमा कम्युनिष्ट पार्टी (नेकपा)को सरकार आइसकेपछि बिकास निर्माणका कामहरुले फड्को मारेको दाबी गरका छन् । रुरु धार्मिक तथा पर्यटकिय क्षेत्र रिडी धाममा रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको मंगलबार शिलन्यास गर्दै मन्त्री पोखरेले राम्रा कामहरु देख्न नसक्नेले केही भएन भनेर हल्ला मच्चाएको आरोप लगाए । सरकारले गरेका राम्रा कामहरुलाई उल्लेख पनि गर्न नचाहने केही शक्तिहरु लागेको भन्दै तथ्यमा आधारित भएर बोल्न समेत उनले आग्रह गरे ।

प्रदेश सरकार प्रदेशका नागरिकहरुलाई समृद्ध बनाउन लागि परेको भन्दै प्रदेशले बिभिन्न योजनाहरु बनाएको बताए ।प्रदेश सरकारले ब्यबसायीक रुपमा उद्यम गर्नेहरुका लागि बैंकको ब्याजमा अनुदान दिने योजना ल्याएको बताए । त्यसका लागि दीर्घकालिन रुपमा ब्यबसाय गर्न पनि प्रदेशका नागरिकहरुलाई उनले आग्रह गरे ।

यस्तै लुम्बिनी प्रदेशका उद्योग ,पर्यटन बन तथा बातावरण मन्त्री लीला गिरीले पर्यटन क्षेत्रको बिकासका लागि प्रदेश सरकार साथमै रहेको बताए ।

केन्द्र सरकार र प्रदेश सरकारको समपुरक कोशमार्फत आर्थिक बर्ष २०७६ । ७७ मा बोलपत्र गरी ३४ करोड २० लाख ६० हजार ६३९ रुपैयाँ ६९ पैसामा भू तथा जलाधार ब्यबस्थापन कार्यालय पाल्पा र सगुन शर्मा जेभी बुटवल बिच सम्झौता भएको हो । २०७७ जेठ ११ गते सम्झौता भई २०७९ साल मङसिर १० गते भित्रै कार्य सम्पन्न गर्नुपर्नेछ । नदी क्षेत्रमा कुल २ हजार ८२० मिटर लम्बाई , सात मिटर उचाई रहेको आरसिसी टेवा पर्खाल निर्माण गरिने छ भने ऋषिकेश मन्दिर क्षेत्रमा २८८ मिटरको सिँढी (प्याराफिट) निर्माण गरिनेछ ।

कार्यक्रममा पाल्पा र गुल्मी क्षेत्रका जनप्रतिनिधि , राजनीतक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : १८ बजे

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष